News

Jul 8, 2010

सहमतीय सरकार गठनका लागि पाँच दिन समय थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक दलहरुको आग्रहमा सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले पाँच दिनको समय थप दिनुभएको छ। पच्चीस दलको सहमतिसहित राजनीतिक दलका नेताहरुले बुधबार राष्ट्रपति यादवलाई भेट गरेपछि पाँच दिन समय थप भएको हो।प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि संविधान सहमतीय सरकारका लागि दिएको एक हप्ताको समय बुधबार समाप्त भएको थियो। एक हप्ताको समयमा पनि दलहरुबीचमा कुनै पनि सहमतिको बिन्दु देखिएको छैन र अबको पाँच दिनमा पनि सहमतिको वातावरण नबनेमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपति यादवले संसद्लाई लेखी पठाउनुहुने संवैधानिक व्यवस्था छ।थपिएको मितिमा सहमतीय सरकार निर्माण हुने विश्वास राष्ट्रपति यादवले दलका नेताहरुसमक्ष व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो।

No comments: