News

Jul 6, 2010

निगमले पेट्रोलिय पदार्थको मुल्य बृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २२ - आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैया र मटि्टतेलमा २ रुपैया ५० पैसा मुल्य बृद्धि गरेको छ । मंगलबार विहान बसेको निगमको बोर्ड बैठकको निर्णय अनुसार मुल्य बृद्धि गरिएको हो । अब पेट्रोलको ८५, मटि्टतेलको ६५ रुपैया ५०पैसा प्रति लिटर कायम गरिएको छ । अन्तराष्ट्रिय बजारमा मुल्य बृद्धि भएका कारण मुल्य बृद्धि गरिएको निगमले दाबी गरेको छ । भारतमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि मुल्य समायोजन गर्नु परेको निगम स्रोतले बताएको छ । निगमले मासिक ११ करोड घाटा रहेको जनाउँदै आएको छ । यसरी घाटा बढ्दै गएको जनाउँदै निगमले पेट्रोलियम पदार्थमा ६० प्रतिसत कटौती गरिसकेको छ । कटौतीका कारण राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा उपभोक्ताहरुले पेट्रोलियम पदार्थको चर्को अभाव भोग्न परिरहेको छ ।

No comments: