लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, अषाढ १८ - परीक्षा नियन्त्रण कार्यालयले २०६६ सालको एसएलसी परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । नतिजा अनुसार परीक्षाको नियमिततर्फ यसपाली ६४ दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा झण्डै चार प्रतिशतले कमी हो । पनिकाका अनुसार विशिष्ट श्रेणीमा १६ हजार ८ सय ५९, प्रथम श्रेणीमा ९३३३९, द्वतिय श्रेणीमा १ लाख २८ हजार ७५ तथा तेस्रो श्रेणीमा ९ हजार ४ सय १६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस बर्ष नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ परीक्षार्थीले परीक्षा दिएका थिए । त्यस्तै आंशिक परीक्षार्थीतर्फ २९ दशमलव १८ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिकतर्फ ४१ हजार ९ सय ५ परीक्षार्थी थिए । आंशिक तर्फको पहिलो श्रेणीमा ४ सय १६ दोस्रो श्रेणीमा ९ हजार १ सय १४ र तेस्रो श्रेणीमा २ हजार ६ सय ९७ परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ र आंशिकतर्फ ४४ हजार १ सय १७ गरी कुल ४ लाख ५६ हजार ७ सय १९ परीक्षार्थीले चैत १२ गतेदेखि २० गतेसम्म एसएलसी परीक्षा दिएका थिए । परीक्षाफल मोबाइलबाट एसएमएस, इन्टरनेट, एफएम रेडियोलगायतबाट परीक्षाको नतिजा थाहा पाउन सक्ने व्यवस्था मिलाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment