लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ असार,राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ५३औँ वर्ष प्रवेश गरेको छ । राजधानीमा बिहीबार आयोजित वाषिर्कोत्सव कार्यक्रममा अधिकांश वक्ताले निगमलाई बचाइराख्न क्षमता बढाउनका लागि नयाँ जहाज खरिद गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले निगमले नेपालको पर्यटन उद्योगमा क्रान्ति ल्याएको दाबी गर्दै कुनै बेला नेपाल आउने ५० प्रतिशत पर्यटक निगमले बोक्ने गरेकोमा अहिले यो संख्या ६ प्रतिशतमा झरेको बताए ।जहाज खरिदका लागि पर्यटन मन्त्रालयले सहयोग गरे पनि अर्थले अवरोध पुर्याएको बताए । अझै पनि जहाज आउनेमा विश्वस्त भएको बताउँदै उनले कर्मचारीलाई उत्साहका साथ काम गर्न निर्देशन दिए । २ महिनाभित्रमा जहाज खरिदको अन्तिम निर्णय हुने उनको भनाइ थियो । कंसाकारले अर्थ मन्त्रालयतर्फ संकेत गर्दै सरकारकै केही निकायले प्रक्रियामा जोड दिएकाले जहाज खरिद हुन नसकेको र यस्तै अवस्था रहे निगम ३ वर्षभित्रमा बन्द हुने बताए ।
No comments:
Post a Comment