News

Jul 2, 2010

नाइजेरीयन राष्ट्रपतिद्वारा आफ्नै टिममाथि प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अबुजा,नाईजेरियाली राष्ट्रपतिले विश्वकप २०१० को कमजोर प्रदर्शनका कारण राष्टिय टोलीलाई दुई वर्षका लागि अन्तर्राष्टिय प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएका छन्। राष्ट्रपति गुडलक जोनाथनका प्रवक्ताद्धारा बुधबार जारी विज्ञप्तीमा टोलीमा व्यापक भ्रष्टाचार भएको विषयमा पनि छानविन गरिने उल्लेख गरिएको छ। नाईजेरियाली फुटबल संघका हरेक वजेट र खर्चमाथी छानविन गर्न राष्टपतिले निर्देशन दिएका छन्। नाइजेरियाली फुटबल संघले भने राष्टपतिबाट अझैसम्म संघमा कुनै लिखित पत्र नआएको बताएको छ। संघले यसअघि कमजोर प्रदर्शनका लागि सरकार तथा समर्थकसंग माफी मागिसकेको थियो। समुह चरणबाटै बाहिरिने क्रममा नाईजेरियाले दक्षिण कोरियासँग २–२ को बराबरी खेलेर एक अंक मात्र जोडेको थियो। समुह बी का बाँकी दुवै खेल हारेको नाईजेरियाले ग्रिसलाई २–१ तथा अर्जेन्टिनालाई १–० ले नतिजा सुम्पेको थियो। नाईजेरियाले प्रशिक्षक शाइबु अमोडुलाई फेब्रुअरीमा बर्खास्त गर्दै स्विडिस प्रशिक्षक लार्स लेजरव्याकलाई विश्वकप सुरु हुन चार महिना बाँकी रहँदा नियुक्त गरेको थियो। नाईजेरियाले १९९८ पछि विश्वकपमा एउटै खेल जित्न सकेको छैन। २००२ मा एक बराबरी र दुई पराजय बेहोरेको टोली २००६ को लागि छनोट नै भएन।
राजनीतिक हस्तक्षेपका कारण नाईजेरियालाई फिफाले अन्तर्राष्टिय प्रतिबन्ध लगाउन सक्छ। फिफाले बुधबारै विज्ञप्ती जारी गरेर अझैसम्म आफुलाई आधिकारिक जानकारी नआएको बताउँदै राजनीतिक हस्तक्षेप कुनै पनि हालतमा स्विकार्य नहुने प्रष्ट पारिसकेको छ। नाइजेरियाको आगामी अन्तर्राष्टिय खेल २०१२ को अफ्रिकन कप अफ नेसन्सको छनोट अन्तर्गत घरेलु मैदानमा माडागास्कारविरुद्ध छ।

No comments: