लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १८ – नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काईला नाकबाट रगत बग्ने समस्याका कारण अस्पताल भर्ना भएका छन् । ‘हिजो विहान साढे छ वजे नाकबाट ब्लिडिङ भएपछि टिचिङ हस्पिटल लगिएको थियो’ धुम्बाराही, सुकेधारामा काईला सँगै बस्दै आएका उनका भतिजा प्रमेशविक्रम नेम्वाङले रगत बग्न रोकिएपछि घर फर्काईएको बताउँदै शुक्रबार विहान भने, ‘हिजो दिउँसो फेरी ब्लिडिङ भयो र बेलुकी हस्पिटल ल्याएका हौं ।’झण्डै २५ वर्ष अघि नाकबाट रगत बग्ने समस्या आएपछि भारतको सिलिगुढीमा नाकको अप्रेसन गरेका कुलपति काईलाको अप्रेसन प्रभावकारी हुन नसक्दा सोही रोग बल्भिmएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनी ॐ अस्पतालको २३० नं. क्याबिनमा उपचाररत छन् ।
सामान्य झोल पदार्थ र विस्कुट खाए पनि बोल्नमा केही समस्या हुने उनले बताए । लेखेर वार्तालाप गर्ने काईलाको डाक्टरहरु राजेन्द्र गुरागाई र एलएन जोशी उपचारमा संलग्न छन् । काईलाको उच्च रक्तचापका कारण नाकको रक्तनली फुटेपछि समस्या आएको हो । तीन वर्ष अघि पनि समस्या आएपछि पुनः अप्रेसशन गरिएको भएपनि ठिक हुन नसकेको भतिजा नेम्वाङले बताए ।अहिले प्याक लगाएपछि तत्काल रगत बग्न रोकिएपनि पुनः समस्या आएमा अप्रेसन गर्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । कुलपति काईलाकी एकमात्र छोरी अष्टे्लियामा बस्दै आएकी छिन् ।

No comments:
Post a Comment