लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० असार,जिल्ला-जिल्लाका हाकिमलाई मोसो दल्दै माओवादी मातृका समूहका कार्यकर्ता काठमाडौं आइपुगेका छन् । उनीहरूले आइतबार बबरमहलस्थित वन विभागका महानिर्देशक माधव आचार्यलाई कार्यालयमै मोसो लगाएका छन् । करिब १० जनाको समूह आइतबार बिहान ११:३० बजे महानिर्देशक आचार्यको कार्यकक्षमा छिरेको थियो । योजनाबद्ध रूपमा महानिर्देशक आचार्यलाई मोसो दलेर समूह तत्कालै फर्किएको थियो ।
बिहान ११ बजे नै समूह वन विभाग पुगेको थियो । तर, त्यसको जानकारी विभागका महानिर्देशक तथा अन्य कर्मचारीले पाएका थिएनन् । मातृका समूहका माओवादी कार्यकर्ता समीर कार्कीसहितको समूह काठ माग्ने बहानामा विभागमा पुगेको थियो । काठ माग्ने निवेदन लिएर महानिर्देशकको कार्यकक्षमा पुग्नासाथ उनीहरूले महानिर्देशक आचार्यलाई मोसो दल्न थाले । महानिर्देशकलाई मोसो दल्नेहरू विभागको कार्यालय परिसरबाट नारा लगाउँदै बाहिरिएका थिए । तर, गेटमा तैनाथ प्रहरी हेरेको-हेर्यै भएको थियो । उनीहरू सहरमा कतै हराएपछि मात्र विभाग र सिंहदरबारमा हल्लिखल्ली भएको थियो ।

No comments:
Post a Comment