लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टिकापुर (कैलाली), अषाढ २१ - सुदुर सन्देश दैनिकको कार्यालयमा माओवादी कार्यकर्ताले सोमबार दिउँसो सवा ४ बजेतिर आक्रमण गरेका छन् । माओवादी नेता टीकाराम सापकोटाको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको पत्रिकाका प्रधान सम्पादक हेमन्त पौडेलले बताएका छन् । पत्रिकाका कम्प्युटर अपरेटर प्रयागराज जोशी आक्रमणमा परी घाइते भएको जनाइएको छ । आइतबारको पत्रिकामा माओवादीले १ लाख २० हजार रुपैयाँ मागेको समाचार प्रकाशित भएपछि आक्रमण भएको पौडेलले बताए । समाचारमा टीकारामले पहिले आफूहरुले पैसा लिएको र पछि फिर्ता गरेको उल्लेख छ ।
No comments:
Post a Comment