News

Jul 7, 2010

नेदरल्यान्ड फाइनलमा प्रवेश / जर्मनी र स्पेनबीच भिडन्त आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २३ - नेदरल्यान्ड्स विश्वकप फुटवलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा मंगलबार राति दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई ३-२ ले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपको उपाधि नजिक पुगेको हो । साउथ अफ्रीकाको केपटाउनस्थित ग्रीनफाइन स्टेडियममा नेदरल्यान्ड्सलाई विजयी बनाउन जिओभानी भान ब्रोङ्खस्र्टले १८ औ, वेस्ले स्नेइडरले ७० औ र आर्जेन रोबेनले ७३ औ मिनेटमा गोल गरेका थिए ।
पराजित टिमका लागि उरुग्वेका डिएगो फोर्लानले ४१ औ र म्याक्सिमिलानो एक गोल गरेका थिए ।
उरुग्वेको पराजयसँगै दक्षिण अमेरिकी टोलीको अघिल्लो चरणको प्रवेशको सम्भावना समाप्त भएको छ । जितपछि डच प्रशिक्षक बर्ट भान मार्विज्कले आफूहरु फाइनलमा पुगेको प्रति अझै विश्वास नलागेको प्रतिक्रिया दिए । उनले दुई बर्ष अघि आफूले टोली सम्हाल्दा खेलाडीलाई डच टोली विश्वकपको मिसनमा रहेको कुरा बताएको स्मरण गर्दै उपाधि जित्न कुनै कसर बाँकी नछाड्ने बताए । यस्तै उरुग्वेका प्रशिक्षक ओस्कर टाबारेजले नतिजाले आफूहरुलाई स्तब्ध पारे पनि खेलाडीको प्रर्दशनले गर्व गर्ने ठाउँ रहेको बताए ।
अपराजित नेदरल्यान्ड्सले विश्वकपको उपाधिको लागि जर्मनी र स्पेनबीच आज हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । नेपाली समय अनुसार राति सवा १२ वजे हुने खेलमा जर्मनी सन् २००८ को युरो कपमा ब्यहोरेको पराजयको वदला लिने दाउमा हुनेछ । पछिल्लो तीन वटै विश्वकपमा जर्मनीले स्पेनसँग पराजय ब्यहोरेको छैन् ।

No comments: