लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २३- प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक नेतृत्वसँग अडान लिएर पनि प्रशासनको धर्म नछाड्न सचिवहरुलाई निर्देशन दिएको दुई साता नबित्दै मन्त्री रिझाउन नसक्ने एक सचिव 'कारबाही'मा परेका छन्। स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा र राज्य मन्त्री गणेश खड्काको जोडवलमा जल तथा शक्ति आयोगमा सरुवा भएका श्यामप्रसाद मैनाली बुधबार मन्त्रालय छाड्दैछन्। संघीयतासम्बन्धी अध्ययन भ्रमणका क्रममा ब्राजिलम रहेकै बेला कामचलाउ मन्त्रिपरिषद् बैठकले मैनालीलाई लगभग अतिरिक्त समूहको हैसियतमा रहेको आयोग सरुवा गरेको थियो। एमालेका एक मन्त्रीका अनुसार राजिनामा प्रधानमन्त्री माधवकुमार नेपालले सरुवा निर्णय लिन अनिच्छुक रहँदा रहँदै काँग्रेस मन्त्रीहरुले दवाव दिएर मैनालीको सरुवा गराएका थिए।
No comments:
Post a Comment