News

Aug 2, 2008

पच्चिस दलको बैठक हुदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादीले २५ दलको बैठकमा आफ्नो नेतृत्वमा सरकार निर्माणको बिकल्पहरु प्रस्तुत गर्दैछ ।माओवादीको आयोजनामा संविधानसभामा प्रतिनिधित्व रहेका सबै २५ दलको बैठक हुदैछ । साउन १८ गते दिउँसो ४ बजे सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा हुनलागेको बैठकमा माओवादीले नयाँ सरकार गठनको खाका प्रस्तुत गर्ने सम्भावना छ । २५ दलको अघिल्लो बैठकमा सबै दलले माओवादीले सरकार गठनको स्पष्ट खाका प्रस्तुत गर्न नसकेको बताएका थिए भने साउन १६ र १७ गते भएको माओवादी केन्द्रीय समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका तीन बिकल्प रहेको निश्कर्ष निकालेको थियो ।

No comments: