News

Aug 4, 2008

दक्षिण एसियालाई विश्वको अन्नभण्डार बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
जनविकासका लागि साझेदारी’ नाराका साथ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (र्सार्क) को १५औं शिखर सम्मेलन ४१बुँदे कोलम्बो घोषणापत्र जारी गर्दै आइतबार श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न भएको छ।
चार अभिसन्धिमा हस्ताक्षर
सम्मेलनको समापनमा र्सार्क विकास कोष बडापत्र, दक्षिण एसियाली क्षेत्रीय गुणस्तर निर्धारणसम्बन्धी संस्थाको स्थापना, साफटामा अफगानिस्तानलाई पहुँच र आपराधिक घटना नियन्त्रण गर्ने आपसी कानुनी सहयोगबारेको अभिसन्धिसम्बन्धी विषयमा र्सार्कका आठ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले राष्ट्रप्रमुख र सरकारप्रमुखको उपस्थितिमा हस्ताक्षर गरेका थिए।र्सार्क सदस्य राष्ट्र नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका राष्ट्र वा सरकारप्रमुखले कोलम्बो घोषणापत्र जारी गर्दै र्सार्कको बडापत्रमा उल्लिखित सिद्धान्त तथा उद्देश्यको संरक्षणका लागि आफूहरू लागिपर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कोलम्बो घोषणापत्रमार्फत र्सार्क सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूले आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक विकासका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन्। यी तीन क्षेत्रको विकासले र्सार्क क्षेत्रका जनताको गुणस्तर वृद्धि गर्नुका साथै यस क्षेत्रमा शान्ति, स्थिरता, प्रगति कायम गर्ने विश्वास घोषणापत्रमा लिइएको छ।र्सार्कले सुस्तरूपमा भए पनि विस्तारै गति सम्हाल्दै गएको जनाउँदै क्षेत्रीय सहयोग र सहकार्य जनताकेन्द्रित हुनुपर्नेमा र्सार्क नेताहरूले जोड दिएका छन्।सम्मेलनमा र्सार्कका राष्ट्रप्रमुख र सरकारप्रमुखहरूले खाद्य सुरक्षासम्बन्धी एक वक्तव्य पनि जारी गरेका छन्। वक्तव्यमा यस क्षेत्रको खाद्य सुरक्षालाई सुनिश्चित बनाई फेरि एकपटक यस क्षेत्रलाई विश्वको अन्नभण्डार बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।सम्मेलनमा र्सार्क नेताहरूले खाद्यसंकटबाट यस क्षेत्रलाई सुरक्षित बनाउने उपाय खोज्न आउँदो नोभेम्बरमा भारतको नयाँ दिल्लीमा र्सार्क क्षेत्रका कृषिमन्त्रीहरूको एउटा छुट्टै बैठक गर्नसमेत निर्देशन दिएका छन्।कृषिमन्त्रीहरूको सो बैठकले विश्वव्यापी रूपमा खाद्यान्न उपलब्धता घटेको र खाद्यान्नको मूल्यसमेत बढेको परिस्थितिमा जनतामा केन्द्रित अल्पकालीन र मध्यकालीन क्षेत्रीय रणनीति र साझेदारी परियोजनाहरूको विकास र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ।वक्तव्यमा नेताहरूले र्सार्क खाद्य बैंकलाई तुरुन्त सञ्चालनमा ल्याउन निर्देशन दिनुका साथै छिट्टै र्सार्क कृषि परिदृश्य २०२० सम्बन्धी खाका कोर्नसमेत जोड दिएका छन्।दुइदिने सो शिखर सम्मेलनको समापन र्सार्कका नयाँ अध्यक्ष एवम् श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले गर्नुभएको थियो।सम्मेलनको समापन गर्दै र्सार्कका अध्यक्ष राजापाक्षेले र्सार्कको प्रयास आर्थिक तथा व्यावसायिक सहकार्यमा केन्द्रित रहने बताउनुभएको थियो।र्सार्क क्षेत्रमा आतंकवाद ठूलो चुनौतीको रूपमा रहेको बताउँदै उहाँले र्सार्क नेताहरूले आतंकवाद र संगठित अपराधका बारेमा आपसमा सूचना आदानप्रदान हुनुपर्ने भन्ने निर्णय गरेको बताउनुभयो।
१६औं सम्मेलन मालेमा
र्सार्कको आगामी १६औं शिखर सम्मेलन माल्दिभ्सको राजधानी मालेमा सन् २००९ मा हुने भएको छ। सम्मेलनको समापनका अवसरमा माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुमले अर्को वर्षसम्मेलनमा र्सार्क नेताहरूलाई स्वागत गर्न आफू तत्पर रहेको बताउनुभयो।यसैबीच र्सार्कको परम्पराअनुसार श्रीलंकाको संसद् भवनमा आयोजित विश्राम तथा र्फुसदको अनौपचारिक भेटघाट (रिटि्रट) कार्यक्रममा १५औं शिखर सम्मेलनका सहभागी सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूका साथ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुनुभएको थियो। तर अनौपचारिक कुराकानीमा के विषयमा छलफल भयो भन्नेबारेमा भने खुलाइएको छैन।

No comments: