News

Feb 3, 2009

प्रतिबन्धित मुलुक पठाउने समूहको नाइके दुबइमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रतिबन्धित मुलुक इराक तथा अफगानिस्तान पठाउने एक समूहको नाइकेसहितका केही नेपालीलाई दुबइमा पक्राउ गरी सार्वजनिक गरिएको छ । गाउँका सोझा नेपालीलाई एकैबोलीमा विश्वास दिलाएर महँगो शुल्क लिने तथा प्रतिबन्धित मुलुक पठाउने एक दलालको समूहलाई प्रवासी नेपालीको सहायतामा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गोरखाका दामोदर गिरी रहेका छन् । गिरीले १०० भन्दाबढी नेपालीलाई प्रतिबन्धित मुलुक इराक र अफगानिस्तान पठाएको पनि स्वीकार गरेका छन् । पक्राउ परेका गिरीसँग संलग्न शंकर बोगटीले २५० नेपालीलाई इराक पठाएको स्वीकार गरेका छन् । उनीहरूलाई जनप्रगतिशील मञ्चले दुवइमा पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको सञ्चारमाध्यमले जनाएका छन् ।पक्राउ परेका उनीहरूले नेपालीलाई प्रतिबन्धित देशमा पठाउने एक शक्तिशाली गिरोह नै बनेको बताएका छन् ।उनीहरूका अनुसार मानव तस्करको सो गिरोहमा चितवनका बिष्णु पाण्डे र राजन खतिवडा, झापाका तेज आचार्य र नरेन्द्र पौडेल, काठमाडौका टेकराज भण्डारी,कृष्ण आचार्य र कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापालगायत छन् ।त्यस्तै इराक जान दुवइ पुगेका केही युवाले दिएको जानकारीअनुसार दिनेश अर्याल, सुरेस पौडेल, गणेश कटुवाल, पोखराका नेत्रबहादुर थापा, शेरबहादुर थापा, बुद्धनगर चितवनका राम कुँवर, बाग्लुङ्का कृष्णबहादुर पुन, क्षितिज म्यानपावरमा काम गर्ने सतिस क्षेत्री, टेकबहादुर थापा, जोनी थापा, नारायण ढुंगाना, सुरेस पौडेल, शर्मिला घिसिङ, बर्दियाका गणेश कटुवाल छन् ।उनीहरूले नेपालीमात्र नभएर भारतीय, श्रीलङ्कन, दक्षिण कोरियाली र नेपाली नागरिकलाई पनि इराक पठाउने गरेको बताएका छन् । उनीहरूलाई भारत, इजिप्ट, फिलिपिन्स, अरव र ब्रिटेनका दलालले पनि सहयोग गरिरहेको र इराकमा बसेका टेकराज भण्डारी मानव ओसारपसारमा सक्रिय रहेको दामोदर गिरीले बताए ।

No comments: