News

Feb 2, 2009

दूतावास खोल्न दक्षिण अफ्रीकाको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका लागि दक्षिण अफ्रीकाका राजदूत बुसिव्य माउरिन फेटोले परराष्ट्रमन्त्री उपेन्द्र यादवसमक्ष दक्षिण अप्रिकामा नेपाली राजदूतावास स्थापना गर्न आग्रह गर्नुभएको छ।स्रोतका अनुसार मन्त्री यादव र राजदूत फेटोका बीच आइतबार परराष्ट्र मन्त्रालय नारायणहिटीमा भएको शिष्टाचार भेटघाटमा राजदूत फेटोले सो आग्रह गर्नुभएको हो।हाल दक्षिण अफ्रीकालगायत ५४ वटा मुलुक इजिप्टस्थित नेपाली दूतावासले हेर्दै आएको छ।त्यस्तै आइतबार नै नेपालका लागि संघीय गणतन्त्र ब्रँजिलका राजदूत मार्को एन्टोनियो डिनिज प्रान्टो र परराष्ट्रमन्त्री यादवका बीच शिष्टाचार भेटवार्ता भएको मन्त्रालयले जनाएको छ। राजदूतद्वयले शुक्रबार मात्रै राष्ट्रपतिसमक्षँ आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुभएको थियो।

No comments: