News

Feb 3, 2009

पेट्रोलियमको मूल्यमा कमी, हवाइ इन्धन पनि समायोजन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानी प्रत्येक महिना पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति अबलम्बन गरेअनुसार पेट्रोलियम पदार्थको मूल्य सोमबार पुन समायोजन गरेको छ । निगम सञ्चालक समितिको बैठकले हाल कायम रहेको प्रति लिटर पेट्रोलको मूल्यमा ३ र डिजेल तथा मट्टतिलको मूल्यमा २ रुपैयाँले कमी गरेको छ ।एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर २५ रुपैयाँ घटाइएको छ । यो मूल्य सोमबारै रातिदेखि लागू हुने निगमले जनाएको छ । काठमाडौ उपत्यकाका हकमा सरकारको निर्णयअनुसार पेट्रोल र डिजेलको खुद्रा मूल्यमा लागिआएको प्रतिलिटर ५० पैसा प्रदूषण नियन्त्रण शुल्क कायमै राखिएको छ ।हाल समायोजन भएको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य ७७ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टतिेलको खुद्रा मूल्य ५७ रुपैयाँ ५० पैसा प्रति लिटर कायम गरिएको छ । एलपी ग्यासको हकमा काठमाडौ उपत्यका, पोखरा, नेपालगन्ज, भैरहवामा एक हजार १ सय २५ रुपैयँ प्रति सिलिन्डर कायम गरिएको छ भने तराइका अन्य जिल्लामा एक हजार १ सय ५ हुनेछ ।हवाइ इन्धनको मूल्यमा अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १०० कम गरी साविकको अमेरिकी डलर एक हजारबाट अमेरिकी डलर १०० घर्टाई ९०० अमेरिकी डलर कायम गरिएको छ भने आन्तरिक उडानतर्फ प्रतिलिटर ८५ रुपैयँबाट ५ घर्टाई ८० रुपैयाँ प्रति लिटर निर्धारण गरिएको छ ।

No comments: