News

Feb 5, 2009

पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत भदौ २ गते तटबन्ध भत्किएपछि क्षतिग्रस्त बनेको राजमार्गमा बिहीबारदेखि यातायातका साधन सञ्चालन हुन थालेको छ । कोसीको बाढीले क्षति पुर्‍याएको उक्त राजमार्गको कोसीब्यारेजदेखि सुनसरीको लौकहीसम्मको सडक मर्मत भएपछि यातायात चलेको हो ।कोसी कटानले भत्काएको पूर्वपश्चिम राजमार्गको कोसीव्यारेज-श्रीपुर खण्डमा ५ महिना २२ दिनपछि यातायात सञ्चालनमा आएको हो । राजमार्ग आंशिक मर्मत भए पनि पुरै बनाइसक्न भने अझै १५ दिन लाग्ने भएको छ । लामो समयसम्म बन्द रहेको राजमार्ग सञ्चालन भएपछि अब यातायातका साधन यात्रुबाहक र ढुवानी साधन चल्न थालेका छन् ।

No comments: