News

Feb 6, 2009

सरकारले थप तीनवटा अध्यादेश ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अध्यादेश धमाधम ल्याइरहेकोमा विरोध भइरहेकै बेला सरकारले थप तीनवटा अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको वैठकले थप तीन अध्यादेश जारी गर्ने निर्णय गरेको हो । बैठकले व्यक्ति बेपत्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, मतदाता नामावलीसम्बन्धी अध्यादेश र सार्वजनिक सेवालाई समावेशी बनाउन बनेको अध्यादेश ०६५ लाई जारी गर्ने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ताले विगत केही समयदेखि चर्चामा रहेका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्रीले महत्वका साथ विभिन्न पार्टीसँग छलफल गर्नुभएबमोजिम नै मन्त्रिपरिषद्ले ती अध्यादेश जारी गर्ने निर्णय गरेको बताउनुभयो ।ती अध्यादेश जारी भएपछि जनयुद्ध तथा मधेश आन्दोलनमा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कानुनी प्रक्रिया सजिलो हुने वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले बताउनुभयो । नेपालको राज्य व्यवस्थालाई समावेशी बनाउने संकलपलाई कुरा गर्न सरकारले महत्वपूर्ण कदम चालेको बताउँदै उहाँले सुरक्षा निकाय तथा स्वास्थ्य, शिक्षा तथा विशेष ऐनअन्तर्गत पर्ने क्षेत्रमा समावेशी गर्न बाटो खुला हुनेछ भन्नुभयो ।

No comments: