News

Feb 6, 2009

इजरायली अत्याचारका बारे क्यास्ट्रोको आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हवाना/ क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले अमेरिकी समाजलाई जाँतोमा पिसिनबाट रोक्न 'प्रशस्त पैसा' छाप्ने प्रयास गरेको बताएका छन् । बुधबार छापिएको आफ्नो एक आलोचनात्मक निबन्धमा उनले सो कुरा बताएका हुन् । पहिले ओबामालाई प्रशंसा गर्ने क्यास्ट्रोले गत हप्ता अमेरिकी राष्ट्रपतिले ग्वान्तानामाको सैन्य आधार शिविर क्युबालाई फिर्ता गर्नुपर्ने भन्दै गाजामा इजरायली अत्याचारका बारे उनको दृष्टिकोणको आलोचना गरेका थिए । सरकारी वेबसाइटमा राखिएको आफ्नो पछिल्लो स्तम्भमा क्यास्ट्रोले भनेका छन्, 'मैले (ओबामाप्रति) गरेको कुनै पनि आलोचनालाई आक्रमण, दोषारोपण रूपमा वा त्यस्तै कुनै नाममा लिइएको छ ।' ८२ वर्षे क्युबाली क्रान्तिकारी नेताले अमेरिकी प्रशासनले १९६० देखि नै क्युबामाथि आक्रमण गरिरहेको, पिग्सको खाडी लुटेेको आरोप लगाए । तर, यसका लागि आफूले त्यतिवेला ६ वर्षको बच्चै रहेका ओबामालाई दोष दिने नियत नराखेको बताएका छन् । अहिलेको अमेरिकाले कसरी ओबामाको रेखदेखमा भोज गर्ला ? उनले प्रश्न गरेका छन् । उदाहरण दिँदै क्यास्ट्रो भन्छन्, 'थुप्रै मुलुकका असंख्य भौतिक स्रोत नखिचेर अमेरिकाले आफ्नो समाजका ठुल्ठूला आवश्यकता पूरा गर्न सक्नेछैन ।' उनले अमेरिकी मोटर निर्माता कम्पनीहरूले बनाउने नयाँ कार धेरै दक्ष हुन्छन्, मानवताको संरक्षणका लागि भौगर्भिक आवश्यकता र वातावरणको बढ्दो क्षयीकरणको प्रश्न बाँकी नै हुन्छ कि भन्ने प्रश्न गरे । उनले आधुनिक समाज पो हुन्छ कि भनी ऊर्जा उत्पादन गर्ने प्रविधिको खोजमा ओबामाले खर्च गर्न पैसा निकाल्ने जुक्ति खोजेको कुरा बताएका छन् । 'नचिनिएको बिमारी' बाट ग्रस्त भनिएका क्यास्ट्रो २००६ देखि खाटबाट उठेका छैनन् । तर, लेख भने लेखिरहेका छन् । क्यास्ट्रोले ओबामालाई बुद्धिमान् र राम्रा भनी टिप्पणी गरेका थिए ।

No comments: