News

Feb 5, 2009

माओवादी अप्रमाणित लडाकूलाई निकाल्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सेना समायोजन बिशेष समितिको बैठकले माओवादी लडाकूको शिविरमा बसिरहेका अप्रमाणित लडाकूलाई निकाल्ने निर्णय गरेको छ । सेना समायोजन बिशेष समितिको बैठकले माओवादी लडाकू शिविरमा रहेका अप्रमाणित लडाकूहरुलाई शिविरबाट छिटै निकाल्ने निर्णय गरेको छ । माघ २३ गते सिंहदरवारस्थित मन्त्रीपरिषद कार्यालयमा बसेको समितिको बैठकले शिविरबाट निकालिएका अप्रमाणित लडाकूको व्यवस्थापनका निम्ति आवश्यक परे बिदेशी सहयोग लिने पनि निर्णय गरेको समितिका प्रवक्ता तथा सरकारका मूख्य सचिव भोजराल घिमिरेले बताए । घिमिरेलाई आजैको बैठकले समितिको प्रवक्तामा नियुक्त गरेको हो ।
माओवादी लडाकू शिविरमा १८ वर्ष नपुगेका बालबालिकाहरुलाई संयुक्त राष्ट्र संघीय मिशन अनमिनले लडाकूकारुपमा प्रमाणित गरेको थिएन तर, उनीहरु शिविरमा बस्दै आएका छन् ।

No comments: