News

Feb 6, 2009

संयुक्त लिम्बुवान मोर्चा नेपालको ताप्लिङजोङमा जनसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्बुवानमा रहेका विभिन्न राजनीतिक संगठन तथा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ आवद्ध संयुक्त लिम्बुवान मोर्चा नेपालको विशाल आमसभा
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार बुधबार फुङलिङ बजार ताप्लिङजोङमा सफलतापूर्वक सम्पन्न भएको छ । मोर्चाका जिल्ला संयोजक प्रेम सेत्लिङको सभापतित्वमा सम्पन्नउक्त कार्यक्रम शुरु हुनुभन्दा पहिले सबै दल तथा चुम्लुङ सम्वद्ध जनमासलेविभिन्न नाराबाजीका साथ फुङलिङ बजार परिक्रमा गरिएको थियो । सबै दल तथा चुम्लुङका शीर्षस्थ नेताहरु, मोर्चाको कार्यदल तथा सम्वद्ध विभिन्न भात्तृसंगठनकोसमेत उपस्थिथिति रहेको सो कार्यक्रममा जिल्लाका ५० वटै
गा.वि.स. बाट जनमासको उपस्थिति रहेको थियो । यस आमसभामा स्वागत भाषण चुम्लुङ जिल्ला अध्यक्ष प्रकाश येङदेनले गर्नुभएको थियो । सभाका वक्ताहरु चुम्लुङका महासचिव योगराज वनेम, नेपाली कांग्रेसका मंगल मेन्याङबो, लिम्बुवान प्रान्तीय परिषद (राजमुपा) का इञ्चार्ज के. पी. पालुङवा, नेपाल लिम्बुवान स्वशासित संघ एकीकृत (नेकपा एकीकृत) का के. बी. फुदोङ, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले) का त्रिवेण चोङबाङ, संघीय लिम्बुवान राज्य परिषद (संघीयलोकतान्त्रिक राष्ट्रिय मञ्च) का कुमार लिङदेन मिराक, लिम्बुवान राष्ट्रियमुक्ति
मोर्चा (एकीकृत नेकपा माओवादी) का मा. ध्रुव आङदेम्बे, लिम्बुवानराष्ट्रिय मुक्ति मोर्चाका वीर नेम्बाङलगायत सभाषद सञ्चपाल मादेन र सूर्यमान गुरुङले संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल र आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान जातीय स्वायत्त राज्यको आवश्यकता तथा यसको प्राप्तिको सम्भावना, चुनौती र आगामी आन्दोलन बारे आआफनो विचार व्यक्त गर्नुभयो । यस कार्यक्रमकोसञ्चालन मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका ताप्लिङजोङ जिल्ला परिषद अध्यक्ष होम तुम्बाहाम्फेले गर्नुभएको थियो ।

No comments: