News

Feb 6, 2009

अयोग्य माओवादी लडाकूलाई पुनःस्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकूको रेखदेख, समायोजन तथा पुनःस्थापना गर्न गठित विशेष समितिले माओवादी लडाकूका अस्थायी शिविरमा रहेका प्रमाणीकरणमा अयोग्य भएका र दर्ता नभएका सबै व्यक्तिलाई हर्टाई अन्यत्र पुनःस्थापना गर्ने निर्णयगरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको विशेष समितिको दोस्रो बैठकले नहटाउन्जेल काममा अप्ठेरो हुने भन्दै हटाउने निर्णय गरेको हो।विशेष समितिको संयोजक भएको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले अयोग्य लडाकूहरूलाई इच्छुक राष्ट्रिय/ अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहयोगमा पुनःस्थापना गर्ने निर्णयगरेको हो। यसअघि संयुक्त राष्ट्रसंघीय विभिन्न निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले ती अयोग्य लडाकू तथा शिविरमा रहेका बालबालिकालाई शिविरबाट बाहिर निकाल्न आग्रह गर्दै आएका थिए।नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले यस्ता अयोग्य लडाकूलाई पुनःस्थापना गर्न दातृ संस्थाहरूको सहयोग लिन सकिने बैठकले निर्णयगरेको जानकारी दिनुभयो। बैठकले समितिको कार्यक्षेत्र र बैठकले गरेका काम तथा निर्णयके र्सार्वजनिक गर्ने र के नगर्ने भन्ने विषयमा आधारित आचारसंहिता पनि पारित गरेको छ। समितिको अर्को बैठकले समायोजन र पुनःस्थापनाको कार्यतालिका तय गर्नेछ। बैठकले समितिको प्रवक्तामा मुख्य सचिव भोजराज घिमिरेलाई तोकेको छ। नेपाली कांग्रेसका डा. रामशरण महत, नेकपा (एमाले) का भीम रावल, मधेसी जनअधिकार फोरमका कृषिमन्त्री जयप्रकाशप्रसाद गुप्ता र प्राध्यापक हबिबुल्लाह सहभागी हुनुभएको थियो। समितिका अर्का सदस्य उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम उपचार्रार्थ विदेशमा रहनुभएकाले अनुपस्थित रहनुभएको थियो।

No comments: