News

Feb 8, 2009

लिरामो सांस्कृतिक कार्यक्रमसहित लिम्वुवान राज्यनिर्माण अभियानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्वुवान राष्ट्रिय मोर्चा र लिम्वुवान प्रान्तीय परिषदको संयुक्त मोर्चावन्दीमा फागुन १ गतेदेखि सांस्कृतिक कार्यक्रमसहित लिम्वुवान राज्य निर्माण अभियान कार्यक्रम
लिएर लिम्वुवान जनजागरण कार्यक्रममा उत्रने समाचार छ । कार्यक्रमको खाका अनुसार फागुन १ गते तापलेजुङ, ३ गते फेदेन पानथर, ४ गते इलाम, ५ गते दमक झापा, ६ गते पथरी मोरङ, ७ गते धरान सुनसरी, ९ गते चैनपुर संखुवासभा, ११ गते तेरथुम र अन्त्यमा १२ गते धनकुटामा समानि हुनेछ । उक्त अवसरमा लिम्वुवान राष्ट्रिय मोर्चाको अगुवाई मोर्चाको महासचिव अविचन्द्र इङनामले र प्रान्तिय परिषदको अगुवाई संयोजक के.पी. पालुङवाले गर्नुहुनेछ । देशमा संविधान निर्माणको घडीमा एकातर्फजनताहरुलाई सचेत गराउनु आवश्यक भएको छ भने अर्कोतिर सरकारलाई पनि लिम्वुवानको चाहना र वास्तविकता उजागर गर्नु रहेको छ । त्यस्तै सरकारको प्रतेक कदममा लिम्वुवानको जनताहरुलाई सचेत, सजक गराउदै वैचारिक रुपमा, मानसिक रुपमा लिम्वुवानवादीहरुलाई दरिलो वनाउन लिम्वुवानवादीहरु लाग्ने कुरा लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले वताउनुभएको छ । सांस्कृतिक टोलीहरुमा नेपाली तारा दिपक लिम्वु, कुशल थलङ, खगेन्द्र यक्सो, यासेली योङयाङ, लीला र्राई, जसोदा सुव्वा आदि रहेका छन् ।

No comments: