News

Feb 8, 2009

नारायणहिटीमा गणतन्त्र स्मारक बनाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी राष्ट्रिय संग्रहालय परिसरमा गणतन्त्र स्मारक निर्माण गर्ने भएको छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको अवसरमा राष्ट्रिय एकता र अखण्डताको परिचय तथा ऐतिहासिक जनआन्दोलनको प्रतीकका रूपमा सो स्मारक निर्माण गर्न लागिएको हो।आगामी चैतको दोस्रो हप्ताभित्र स्मारकको प्रारूप तयार गरिसक्ने भौतिक योजना तथा निर्माण मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो। विभागले प्रारूप निमर्ँणका लागि वरिष्ठ कलाकार तथा वास्तुविद्बीच प्रतियोगिता गर्राई उत्कृष्ट प्रारूप छनोट गर्ने तयारी गरिरहेको छ। ँउत्कृष्ट भएको प्रारूपअनुसार स्मारण निर्माण गरिने निर्णयभएको छ’ -महानिर्देशक श्रेष्ठले भन्नुभयो। सो स्मारक निर्माणका लागि सरकारले चालू आर्थिक वर्षा ५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। नारायणहिटीको दक्षिण परिसरमा निर्माण गरिने सो स्मारकको उचाइ तथा त्यसले ओगट्ने क्ष्ँेत्रफलको निक्र्योल आगामी चैतको दोस्रो हप्ताभित्र हुने र स्मारकको निर्माणकार्य आगामी असारदेखि शुरू हुने बताइएको छ।

No comments: