News

Feb 4, 2009

माओबादीद्वारा घरजग्गा फिर्ता गर्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारका मुख्यसचिव डा. भोजराज घिमिरेले प्रधानमन्त्रीको प्रतिबद्धताअनुरुप सरकारले माओवादीद्वारा कब्जा गरेका सरकारी सम्पत्ति र निजी अन्य घरजग्गा क्रमिक रुपमा फिर्ता गर्न सुरु गरेको बताउनुभएको छ । संसदीय अनुगमन समितिको आजको बैठकमा मुख्यसचिव डा. घिमिरेले सम्पत्ति फिर्ता हुने कार्य जारी नै रहेको जानकारी दिनुभयो । उहाँले कतिपय जिल्लामा घरजग्गा फिर्ता भएका बारेमा गृह प्रशासनसंग कुनै अभिलेख नै नरहेको उल्लेख गर्नुभयो । गृहसचिव गोविन्द कुसुमले सरकारले गोर्खा, मकवानपुर, पाल्पालगायतका जिल्लामा सम्पत्ति फिर्ता गराउने काम गरिसकेको बताउनुभयो ।नेपाली काङ्ग्रेसले विभिन्न नौबुँदे माग राखी संसद अवरुद्ध गरेपछि प्रधानमन्त्रीले तीन महिनाभित्र सरकारी तथा निजी घरजग्गा फिर्ता गराउने प्रतिबद्धता सदनमा व्यक्त गर्नुभएको थियो । सोअनुरुप प्रतिबद्धता कार्यान्वयन भएनभएको अनुगमन गर्न व्यवस्थापिका-संसदले संसदीय अनुगमन समिति गठन गरेको छ ।

No comments: