News

Feb 4, 2009

नायक राजेश हमाललाई अमेरिकाले भिसा दिएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कलिउडका सुपरस्टार कहलिएका नायक राजेश हमाललाई अमेरिकाले भिसा नभएपछि यी नायक छाङ्गाबाट खसेजस्ता भएका छन् । आजकाल काम खासै नभएकाले केही हप्ता अमेरिकामा छुट्टी बिताउने र त्यहाँ सांस्कृतिक कार्यक्रममा सहभागी हुने यी नायकको योजना असफल भएको छ। यी सुपरस्टारलाई अमेरिकी राजदूतवासले आखिर किन पत्याएन त ? हुन त यसअघि १० औं पटकसम्म राजेश हमाल अमेरिका छिरिसकेका छन् । उनको मल्टीपल भिसाको म्याद सकिएकाले यसपटक पुन मल्टीपल भिसा ठोक्ने योजनामा उनी थिए । गत सोमबार भिसाका लागि अमेरिकी राजदूतावास पुगेका यी सुपरस्टारलाई दिक्क हुनुपरेको छ । उता जीवनमा एक पटक अमेरिका पुग्ने सपना साचेकी नायिका नायिका ऋचा घिमिरेको पहिलो पटकमै अमेरिकाको भिसा लागेको छ। गायिका कुन्ती मोक्तान र अन्य कलाकारसँग यतिबेला उनी अमेरिका जाने तयारीमा छिन्। आफूलाई अमेरिकाको भिसा लागेकोमा आफन्त र केही साथीहरुलाई उनले लड्डू समेत खुवाउन भ्याइन्। यतिबेला आफू तीनवटा फिल्ममा व्यस्त भएकाले अमेरिकामा कार्यक्रम सम्पन्न गरेर तत्कालै नेपाल फर्कने उनले बताएकी छन् ।

No comments: