News

Feb 4, 2009

दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बन्दका कारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उच्चस्तरीय भूमिसुधार आयोगमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै सुकुम्बासीहरुले बुधबार पनि पूर्वका विभिन्न राजमार्ग र सहायक सडकहरुमा यातायात अवरोध गरेका छन् । बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दका कारण मंगलबार पनि यातायातका साधन चलेका थिएनन् ।आयोगमा प्रतिनिधित्वलगायत सातसूत्रीय माग अघि सार्दै सुकुम्बासीहरुले पूर्वपश्चिम राजमार्गको सुनसरी र मोरङमा पर्ने खण्ड, कोसी राजमार्गको विराटनगर-इटहरी खण्ड अनि धरान-धनकुटा खण्डमा यातायात चल्न दिएका छैनन् । कोसी राजमार्गको धरान, तीनकुने तथा पूर्वपश्चिम राजमार्गको सुनसरीका विभिन्न स्थान, बेलबारी, डाँगीलगायत खण्डमा सुकुम्बासीले अवरोध गरेका छन् । अवरोधका कारण सवारी साधन नचल्दा सयौं सवारी साधन गन्तव्य पुग्न पाएका छैनन् । यसले गर्दा हजारौं यात्रु अलपत्र परेका छन् । बन्द आह्वानकर्ताले बैज्ञानिक भूमिसुधार, सुकुम्वासी वस्ती खाली गर्दा वैकल्पिक व्यवस्था गरिनुपर्ने, विभिन्न स्थानमा सुकुम्वासी र भूमिहीनलाई आरक्षण दिइनुपर्नेलगायत माग समेत अघि सारेका छन् ।

No comments: