News

Feb 2, 2009

कतारमा १० नेपालीको मृत्यु एक महिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनवरी महिनामा कतारमा १० नेपालीको मृत्यु भएको नेपाली दूतावासको तथ्याङ्कले देखाएको छ ।
दूतावासले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत ५ जनवरीमा एक सडक दुर्घटनामा मोहम्मद आलमको मृत्यु भएको थियो भने त्यसको भोलिपल्ट कमल पुनको उचाईबाट खसेर मृत्यु भयो । ६ जनवरीमा धनबहादुर मानन्धरको मृत्यु भएको दूतावासले जनाएको छ । ७ जनवरीमा अजय तामाङ, ९ जनवरीमा तुलाराम रिखाम मगर, १२ जनवरीमा रामचन्द्र महतो र १३ जनवरीमा सूर्यबहादुर राईको हृदयाघातबाट मृत्यु भयो । १५ जनवरीमा प्रेम थापा र रुद्रबहादुर घिमिरेले सडक दुर्घटनामा ज्यान गुमाए भने १६ जनवरीमा रामनाथ यादवको हृदयाघातबाट मृत्यु भयो । असामयिकरुपमा ज्यान गुमाउने यी सवै नेपाली युवा स्थानीय कम्पनीहरूमा कार्यरत थिए । बर्सेनि विभिन्न कारणले कतारमा कार्यरत नेपालीहरुको अकालमा मृत्यु हुने दर बढिरहेको नेपाली राजदूतावास कतारको तथ्याङ्कले जनाएको छ ।

No comments: