News

Feb 5, 2009

कट्टुमात्रै लगाएर उभिँदाउभिँदै उनले प्रसिद्धि कमाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
के तपाईं बारम्बार असफल हुनुभएको छ ? जता हात हाल्दा पनि प्रगति गर्न सक्नुभएको छैन भने नआत्तिनुस्, प्रसिद्धि पाउनका लागि उपाय अरू पनि छन् । आफूलाई काउब्वाई नामले चिनाउने एक अमेरिकी युवा यसरी चर्चाका खुड्किलाहरू उक्लँदै छन् :म्यानह्याटनको टाइम स्क्वायरमा कट्टुमात्रै लगाएर उभिँदाउभिँदै उनले प्रसिद्धि पाएका हुन् । जाडो होस् या गर्मी, उनी प्रत्येक दिन कट्टुमात्रै लगाएर टाइम स्क्वायरमा जान्छन् । कट्टुमा रातो, कालो र नीलो रङमा 'न्याकेड काउब्वाई' लेखिएको हुन्छ । त्यसपछि उनी 'न्याकेड काउब्वाई' नै लेखिएको गितार बोक्छन् । बटुवासित तस्बिर खिचाउँदा उनी पैसा पाउँछन् । उनको शरीर सुगठित र हृष्टपुष्ट छ, शरीरमा ट्याटु पनि खोपेका छन् । फोटो खिचाएर नै उनले दिनको एक हजार डलरजति कमाउँछन् । सबै लुगा लगाउँदा कसैले वास्ता नगरेको तर कट्टुमात्रै लगाएपछि सबैले हेर्न थालेको उनको अनुभव छ । उनी सहरबाहिर गएका छैनन्, त्यहीँको रोयल होटलमा बस्छन् । उनले एन्थोनी रोबिन्सको 'अवेकन द जायन्ट विथविन' पुस्तक ३० पटकसम्म पढिसकेका बताएका छन् । 'यस पुस्तकले मलाई ध्यान केन्दि्रत गर्न, बाटो पहिल्याउन र लक्ष्यको बारेमा योजना बनाउन सहयोग गरेको छ,' उनी भन्छन् । उनको लक्ष्य संसारकै धनी व्यक्ति बन्नु हो । 'तर, धन कमाउनु मात्रै चाहिँ सबैथोक होइन । लक्ष्यभित्र व्यक्तिगत, आर्थिक तथा आध्यात्मिक चेतना पनि पर्छ,' उनले प्रष्ट पारे । यी ३४ वर्षीय न्याकेड काउब्वाई दैनिक एक हजार डलर कमाएर विश्वको अहिलेसम्मकै धनी व्यक्ति हुन चाहन्छन् । उनी अहिले एकदमै व्यस्त छन् । उनीसँग समय लिन महिनौं कुर्नुपर्छ । उनलाई कार्यक्रममा सहभागी गराउन मात्रै पनि आयोजकले हजार डलर तिर्छन् । उनी गर्लफ्रेन्डलाई लिएर कार्यक्रममा सहभागी हुन्छन् । दिनभरि भेटिएका प्रत्येक मानिसको सूची छ, उनीसँग । ती भेटेका सबैजनालाई उनी प्रत्येक महिना पोस्टकार्ड पठाउँछन् । प्रत्येक महिना १४ सयको नयाँ सूची बन्छ उनीसँग । विश्व बजारमा अहिलेसम्म उत्पादन भएको सबैभन्दा महान् वस्तु (आफ्नो शरीर)को व्यापारीकण गरेर विश्वमा छाउने उनको लक्ष्य छ । आफ्नो छवि, नाम, सन्देश, प्रेम आदिले गर्दा मानिसहरू आफ्नो सबै उत्पादन आफूद्वारा नै च्यानलिङ गर्ने उनको दाबी छ । संसारमा भएका सबै वस्तुसँग आफ्नो सम्बन्ध स्थापना गर्न उनी चाहन्छन् ।के तपाई धार्मिक मानिस हो ? 'धार्मिक अवश्य हो, म आफैं भगवान् हुँ,' उनी भन्छन् । संसारका सबै मानिस भगवान् भएको उनी ठान्छन् । आफ्नो लक्ष्य प्राप्त गर्न र आफू बनेर बाँच्नका लागि आफू नै भगवान् भएको सबैले ठान्नुपर्ने सल्लाह छ उनको । ओहायोको किनकिनटीमा जन्मिएका रोबर्टले १९९५ मा युनिभर्सिटी अफ किनकिनटीबाट राजनीतिक शास्त्रमा डिग्री हासिल गरे । अमेरिकी सपना पछ्याउँदै उनी सुपर मोडल बन्ने लक्ष्य लिएर हिँडे । तर, अन्य युवाजस्तै उनको आशा निराशामा परिणत भयो ।अमेरिकन आइडलका लागि पनि उनले 'अडिसन' दिए, तर पहिलो सेसनमा नै उनी 'आउट' भए । त्यसपछि उनले अस्टे्रलियन आइडलका लागि 'अडिसन' दिए । तर, त्यहाँ पनि उनको प्रयास सफल भएन । अवसरका खोजीमा उनले स्टार सर्चका लागि पनि अडिसन दिए । तर, हात लाग्यो सुन्ना । उनले १९९८ देखि स्टि्रट पर्फर्मेन्स सुरु गरे । सुरुमा उनले भेनिसबिचमा प्रदर्शन गरे । तर, उनको प्रदर्शन त्यति राम्रो हुन सकेन । प्रदर्शन राम्रो हुन नसकेपछि उनका साथीले उनलाई कट्टुमात्र लगाउन सल्लाह दिए । त्यसपछि त उनी एकाएक प्रसिद्धिको शिखरमा चढ्न थाले । २००६ मा उनी युएसए नेटवर्कको 'क्यारेक्टर्स वेलकम'मा सहभागी भएका छन् । 'ओरिजिन' डकुमेन्ट्रीमा पनि उनी देखिएका छन् । यस डकुमेन्ट्रीमा उनले अन्य ग्रहमा जीवनको सम्भावनाका बारेमा बोलेका छन् । उनले २००५ मा सार्वजनिक भएको भिडियो गेम 'ट्रियु क्राइमः न्युर्योक सिटी'मा पनि गीत गाएका छन् । २००५ को अन्तर्वार्तामा उनले न्यान्सी रेगन र ग्राथ ब्रुक्स आफ्नो दुई प्रेरणादायी व्यक्ति भएको बताएका छन् ।'स्ट्र स्कट लङ ज्याकेट' गीतको म्युजिक भिडियोमा पनि यिनै काउब्वाई कट्टु, लामो बुट र गितार बोकेर देखिएका छन् । 'एयर अफ द काउब्वाई' पप-रक एल्बम २००७ मा उनले निकालेका छन् । उनी २००८ जनवरी २ मा उनी क्रिस्टिना कोर्टको प्लेनटिभ शृंखलामा देखा परे । बेड-रुममा क्यामेरा लैजान नदिएको आरोपमा गर्लफ्रेन्ड सिन्डी फक्सविरुद्ध मुद्दा दायर गरेका थिए ।एक्सपोजरका लागि उनी र उनकी गर्लफेन्र्डले वेश्याको भेषमा बार धाए । तर, केही भएन । अन्त्यमा कतैबाट सफलता हात नलागेेपछि उनले १९९८ को एक दिन क्यालिफोर्नियाबिचमा बसेर काउब्वाईको रूपमा गितार बजाएर बसे । तर, कसैले पनि उनलाई हेरेन । दया गरेर एक/दुईजनाले केही सिक्का फाले । त्यसपछि उनका साथीले उनलाई सल्लाह दिए- कट्टुमात्रै लगाएर टाइम स्क्वायरमा गितार बजाऊ । त्यसपछि त उनका दिन फर्किहाले ! सबैले हेर्न थाले उनलाई । उनी दैनिक एक सय डलरभन्दा बढी कमाउन थाले । टेलिभिजन स्टेसनले उनका बारेमा क्यामेरामा कैद गर्न थाल्यो । मौसम जतिसुकै जाडो भए पनि ठन्डी लाग्दैन उनलाई । चाहे माइनस १६ होस् या त्योभन्दा बढी । यो पनि जीवन चलाउने एउटा शैली भएको स्वीकार गर्छन् उनी ।

No comments: