News

Feb 3, 2009

सुकुम्बासीहरुले गरेको बन्दले पूर्वको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारद्वारा हालै गठित उच्चस्तरीय भूमिसुधार आयोगमा आफूहरुको प्रतिनिधित्व माग गर्दै सुकुम्बासीहरुले गरेको बन्दका कारण मंगलबार पूर्वको जनजीवन प्रभावित भयो । आयोगमा प्रतिनिधित्वलगायत सातसूत्रीय माग उनीहरुले अघि सारेका छन् ।सुकुम्बासीहरुले पूर्वपश्चिम राजमार्गको सुनसरी र मोरङमा पर्ने खण्ड, कोसी राजमार्गको विराटनगर-इटहरी खण्ड अनि धरान-धनकुटा खण्डमा यातायात चल्न दिएनन् । यातायात नचल्दा सयौं सवारी साधन गन्तव्य पुग्न पाएनन् । हजारौं यात्रुको बिचल्ली भयो । बन्द आह्वानकर्ताले बैज्ञानिक भूमिसुधार, सुकुम्वासी वस्ती खाली गर्दा वैकल्पिक व्यवस्था गरिनुपर्ने, विभिन्न स्थानमा सुकुम्वासी र भूमिहीनलाई आरक्षण दिइनुपर्नेलगायत माग समेत अघि सारेका छन् ।उता, मधेसी जनअधिकार फोरम गुप्ता समूहनिकट मधेसी युवा विद्यार्थी फोरमले आफ्ना महासचिव कमलेस साहलाई हातपात गरेको विरोधमा कोसी राजमार्ग दुइ घण्टा अवरुद्ध गरे । युवा विद्यार्थी फोरमका केन्द्रिय कोशाध्यक्ष भीम यादवकाअनुसार धरानमा सरस्वती पुजाको दिन साहलाई हातपात गरेको विरोधमा राजमार्गको दुहबी खण्ड दुइघण्टा जाम गरिएको हो ।यसैगरी थारु कल्याणकारीसभा सुनसरीले तराइका आदिवासी थारु समुदायलाई मधेसी आरक्षणअन्तर्गत राखेकामा विरोध गर्दै प्रदर्शन गरेको छ । लाठीसहित प्रदर्शनमा उत्रेका उनीहरुले सुनुवाइ नभइ थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उता, विराटनगरमा प्रहरीले निर्दोष कार्यकर्तालाई पक्राउ गरेकामा विरोध र उनीहरुको बिनासर्त मुक्तिको माग गर्दै प्रजातान्त्रिक राष्ट्रिय युवा संघ आजै मोरङ बन्द आह्वान गरेको थियो । बन्दका कारण जनजीवन प्रभावित भयो । बजार, पसल बन्द रहे भने यातायातका साधन चलेनन् । बन्द आह्वानकर्ताले केही मोटरसाइकल र साना सवारी साधन तोडफोड गरेका थिए । प्रहरीले हिजो प्ररायुसंघ नगर समिति अध्यक्ष मनोज खड्का र वडा १५ का सदस्य सुमन कुइकेललाई पक्राउ गरेको थियो । उनीहरु दुवै अपहरण घटनामा संलग्न आरोप प्रहरीको छ ।

No comments: