News

Feb 3, 2009

सजिवनको तेल हालेको गाडीमा बन मन्त्रीले काठमाडौं घुमे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली चालकले उत्पादन गरेको डिजेल प्रयोग गरेर मन्त्री मण्डलका एक मन्त्रीले हालै काठमाडौं सहर घुमेका छन । बनमा खेर गइरहेको सजिवनको दाना पेलेर पाल्पाका ट्रयाक्टर चालक केशव कार्कीले उत्पादन गरेको सजिवन तेल आफ़्नो गाडीमा हालेर बन मन्त्रीले हालै काठमाडौं घुमेका हुन ।
नेपालका धेरैजसो सञ्चार माध्यमले मन्त्रीले पनि नेपाली तेल प्रयोग गरी गाडी चढेको कुरा प्रचार गरे पनि चालक कार्कीको हरेक गाडीमा नेपाली इन्धन नै प्रयोग इच्छा तत्कालै पुरा हुने देखिदैन । तर पनि उनी निरास छैनन् । किनभने नेपालको, ढिलासुस्ती प्रबृतिलाई उनले राम्ररी बुझेका छन् । त्यसैले आफ़्नो उद्देश्य साकार पार्न उनले आगामी पुस्ताले यसको ब्यापक प्रचार गर्ने इच्छा राखेका छन । पाल्पाबाट आएको टोलीमा केवल एक जना मात्र २५ बर्षमुनिका ब्यक्ति आएका थिए । उनी हुन चालक कार्कीका सुपुत्र सुमन कार्की जो अहिले तेह्र बर्षा मात्र छन । सुमनकाअनुसार सजिबनको बन नेपालको धन हुन सक्छ । त्यसैले तेल खोज्न खाडीमा होइन झाडीमा जानु पर्ने दिन आइसकेको छ । कलिलो उमेरका सुमनको यो बिचारले राष्ट्रबादी भन्न रुचाउने दलका नेताहरुलाइ आफुले देशको लागि के गर्न सके भन्ने कुरा झक्झकाउने देखिन्छ । 'सम्भावना हामी संगै छ, यसको खोजी गरौं अमृतरुपी सजिबन रोपी राष्ट्रको उत्थान गरौ' भन्ने नाराका साथ पाल्पाली टोली काठमाडौंमा बसोबास गर्ने उच्च पदस्थ सरकारी निकायलाइ भेट्न आएका थिए । बैज्ञानिक खेमराज भट्टराईकाअनुसार सजिवनको खेती १२ सय मिटरको उचाइसम्ममा गर्न सकिन्छ । हाल सो बनस्पति नेपालका ७० वटा जिल्लामा पाइएको छ । नेपालमा बार्षिक ४० करोड लिटर सजिवन तेल उत्पादन गर्न सकिने बैज्ञानिकहरुले अनुमान गरेका छन । हाल नेपालमा बार्षिक ३९ करोड लिटर तेलको माग रहेको छ । यसरी सजिवनको तेल उत्पादन गर्दा एक करोड लिटर तेल बिदेश निर्यात गर्न नेपाल सक्षम हुने देखिन्छ । सजिवन तेलबाट निस्कने धुवाँले स्वास्थ्यमा कम मात्र असर गर्ने बताइएको छ । यसको धुवाँमा मिठो बासना आउने भनिएको छ । नेपालले यो बर्षलाई प्रकृति संरक्षण बर्षकोरुपमा मनाइरहेका छ । यही संरक्षण बर्षको अवसरको पहिलो कार्यक्रमको रुपमा सजिवन तेलको प्रचार प्रसार गराइ प्रकृति संरक्षण गर्ने नेपाल सरकारले तत्परता देखाएको हो । आजका बालबालिकालाइ यसको बारेमा जानकारी दिन सुमन जस्ता बालकहरु मार्फत प्रचार प्रसार गर्न सकिन्छ ।

No comments: