News

Feb 5, 2009

तराईका छ जिल्लामा विशेष सुरक्षा अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईका छ जिल्लामा शान्ति सुरक्षाको स्थिति सुदृढ बनाई राख्न विशेष सुरक्षा अभियान सञ्चालन गरिएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । तराईका बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र धनुषामा विगतका तुलनामा हत्या, हिंसा, लुटपाट, अपहरण र आतङ्क बढेकाले उक्त जिल्लाहरूलाई विशेष सम्वेदनशील जिल्ला मानी उक्त अभियान सञ्चालन गरिएको बताइएको छ । माघ महिनादेखि सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत प्रत्येक जिल्लामा अत्याधुनिक सुविधा सहितको दुई-दुई वटा मोवाइल गस्ती थालिएको, ३० जनाको सङ्ख्यामा प्रहरीहरू रहेको उक्त गस्ती चौबिसै घण्टा गस्तीमा रहने मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक नरेश गुरुङले जानकारी दिनुभयो । उक्त गस्तीले शङ्कास्पद स्थान सर्च गर्नुका साथै शङ्कास्पद व्यक्तिसाग सोधपुछ, खानतलासीसमेत गर्ने नायब महानिरीक्षक गुरुङले बताउनुभयो ।

No comments: