News

Feb 4, 2009

पत्रकार धमलालाई प्रहरीले सार्वजनिक गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विस्फोट र हतियार ओसार पसारसम्बन्धी आपराधिक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलालाई प्रहरीले बुधबार सार्वजनिक गर्नेभएको छ । संविधानसधा परिसरमा बम विस्फोट गराउने रणवीर सेना समूहको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले धमलालाई हिजो पक्राउ गरेको थियो ।काठमाडौ प्रहरी परिसर हनुमानढोकामा रहेका धमलालाई महेन्द्र पुलिस क्लवमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका धमलालाई यातना भने नदिइएको पाइएको प्रेस चौतारीका उपाध्यक्ष गणेश वस्नेतले जानकारी दिनुभयो ।

No comments: