News

Feb 4, 2009

प्रधानमन्त्रीसँग फिनल्यान्डका विकास मन्त्रीको भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालसँग फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री पाभो भेरिननले बुधबकार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका बिषयमा छलफल भएको प्रधानमन्त्रीका पेश सल्लाहाकार ओम शर्माले जानकारी दिनभयो ।भेटमा फिनल्याण्डका मन्त्री भरिननले सरकार र नेपाली सेनाबीच चिसिदै गएको सम्बन्ध, सेना समायोजन र शान्ती प्रक्रियालगायतका बिषयमा चासो ब्यक्त गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया नया ढङ्गले अघि बढीरहेको भन्दै सहयोगका लागि फनल्याण्ड सरकारसंग आग्रह गर्नुभएको थियो ।प्रधानमन्त्रीले सबिधान निर्माणको काम धमाथम भैइरहेको भन्दै सबिधान सुझाब संकलनका लागि सभासदहरुको टोली गाउ जाने तयारीमा रहेको जानकारी गराउनुभएको थियो । तीन दिने नेपाल भ्रमणका क्रममा मंगलबार काठमाडौ आइपुग्नुभएका मन्त्री भेरिननले परराष्ट्रमन्त्री उमेन्द्र यादब तथा सबिधानसभा अध्यक्ष सुवास चन्द्र नेम्बाङ्गसंग भेटघाट गर्दैहुनुहुन्छ ।यसैबीच नेपाल भ्रमणमा रहनुभएका बिश्व बैङ्कका प्रवन्ध निर्देशक नावोजि ओकोन्जी इवेलाले बालुवाटार पुगि बुधबारै प्रधानमन्त्रीसँग आर्थिक मन्दीबाट नेपाललाई कसरी बचाउन र नेपाललाई दिदै आएको वजेट कसरी स्थानीय स्तरसम्म पुर्‍याउने भन्ने विषयमा छलफल गर्नुभएको छ । विश्व वैकका प्रवन्ध निर्देशक नावोजि नेपालको भ्रमण पुरा गरी बुधबारै पाकिस्तान जाने कार्यक्रम रहेको छ ।

No comments: