News

Feb 3, 2009

इब्राहिम गाम्बारी नेत्री आङ सान सुकीसँग भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
याङ्गुन/ म्यान्मारका लागि राष्ट्रसंघका विशेष दूत इब्राहिम गाम्बारीले सोमबार हिरासतमा रहेकी विपक्षी नेत्री आङ सान सुकीसँग भेट गरेका छन् । सुकीले गत अगस्टमा म्यान्मार भ्रमणमा आएका गाम्बारीसँग भेट्न अस्वीकार गरेकी थिइन् । सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका एक प्रवक्ताले भने, 'सुकीले आफू जोसुकैसँग भेट्न तयार रहेको गाम्बारीलाई बताइन्, तर त्यस्तो भेटले कुनै प्रतिफल नदिए त्यो बेकम्मा हुनेछ ।' उनले सुकी, पार्टी उप-नेता तिन ऊ र अन्य राजनीतिक बन्दीहरू मुक्त नगरिएसम्म राष्ट्रसंघ महासचिव वान की मुन पनि फेरि म्यान्मारको भ्रमणमा आउन नहुने चेतावनी दिए । नारगिस चक्रवात्पछि महासचिव वानले गतवर्ष मेमा म्यान्मारको भ्रमण गरेका थिए । गाम्बारी चारदिने लामो भ्रमणको सिलसिलामा शनिबार यहाँ आइपुगेका थिए । यो उनको सातौं भ्रमण हो ।

No comments: