News

Feb 4, 2009

साउदी अरेबियाले ८५ संदिग्ध अपराधीको सूची प्रकाशित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रियाद/ साउदी अरेबियाले विश्वव्यापी रूपमा खोजी गर्दै आएका ८५ संदिग्ध अपराधीको सूची प्रकाशित गरेको छ ।अधिकारिक एसपिए समाचार संस्थाद्वारा प्रकाशित सूचीमा ८३ साउदी अरेबियाली र दुई यमनी नागरिक रहेका छन् । अमेरिकाको ग्वान्टेनामो बन्दीगृहमा रहिसकेका केही अपराधीसहित मुलुकभित्रको पुनस्र्थापना प्रक्रियामा सामेल भइसकेका नौलाई जनवरीमा पुनः पक्राउ गरिएको समाचारको पृष्ठभूमिमा गृह मन्त्रालयबाट यो सूची सार्वजनिक भएको हो । जनवरीको अन्त्यतिर ग्वान्टेनामो बन्दीगृहबाट छुटेका दुई व्यक्ति जिहादीहरूको एक वेबसाइटको भिडियो टेपमा देखापरेको समाचार अमेरिकास्थित एसआइटिई पर्यवेक्षण सेवाले जनवरीको अन्त्यतिर दिएको थियो । अबु सुपयान अल-जाज्दी अल सिहरी नाम गरिएका एक साउदीलाई यमनको अल कायदा प्रभागमा उच्च तहको जिम्मेवारी दिइएको उल्लेख छ । मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा खोजी भइरहेका १५ व्यक्ति आत्मसमर्पण गर्न आएको बताइएको छ ।

No comments: