News

Feb 8, 2009

थारू कल्याणकारिणी बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी/ थारू कल्याणकारिणी सभाले आह्वान गरेको दुईदिने बन्दको पहिलो दिन शनिबार तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । सरकारले थारू जातिलाई बेवास्ता गरेको, मधेसीसँगै आरक्षणमा राखेको र आफ्ना अधिकारबारे चासो नदेखाएको भन्दै कल्याणकारी सभाले बन्द आह्वान गरेको हो । बन्दका कारण तराईका बारा, सप्तरी, सिराहा, उदयपुर, सुनसरी, मोरङलगायतका जिल्ला प्रभावित भएका छन् । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले उदयपुरमा उदयपुर सिमेन्ट कारखानाको स्ा.१ञ१३ नम्बरको गाडी तोडफोड गरेका छन् । बिरामी लिएर सदरमुकाम आउँदै गरेको कारखानाको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ । बन्दका कारण सुनसरी तथा मोरङमा उद्योग, बजार र यातायात ठप्प भएका छन् । बन्दको प्रभाव नवलपरासीमा पनि परेको छ । बन्दका कारण सवारीसाधन चलेका छैनन् भने जिल्लाका मुख्य बजार तथा उद्योगधन्दा सञ्चालन भएका छैनन् ।

No comments: