News

Feb 3, 2009

पौडीवाज माइकल फ्लेप्स्ले गाँजा तानिरहेको तस्बिर सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चौध ओलम्पिक स्वर्णपदक जितेका पौडीवाज माइकल फ्लेप्स्ले गाँजा तानिरहेको तस्बिर सार्वजनिक भयो । उनको त्यो तस्बिरले विश्व खेलजगत्मा हलचल मचियो । १ फेब्रुअरी (आइतबार)मा इंग्ल्यान्डको 'न्युज अफ द वल्र्ड' ट्याबोलाइटले छापेको त्यो तस्बिरले फ्लेप्स्को खेलजीवन समाप्त पार्ने सामथ्र्य बोक्छ । ओलम्पिक इतिहासका सर्वाधिक सफल खेलाडी हुन् फ्लेप्स् । गत वर्ष सम्पन्न बेइजिङ ओलम्पिकमा कीर्तिमानी आठ स्वर्णपदक जितेका थिए उनले । 'क्यानाबी' (प्राकृतिक लागूऔषध) प्रयोगका लागि युरोपतिर सिसाको पाइप प्रयोग गर्ने चलन छ । र, उनले सोही सिसाको पाइपबाट केही तानिरहेको तस्बिर 'न्युज अफ द वल्र्ड' ले छापेको थियो । कुनै खेलाडीले लागूऔषध प्रयोग गरेमा चार वर्षको प्रतिबन्ध लाग्न सक्ने खेल कानुनमा उल्लेख छ । त्यसकारण सन् २०१२ मा हुने लन्डन ओलम्पिकमा नयाँ कीर्तिमान राख्ने उनको योजना पनि सोसँगै समाप्त हुन सक्छ । गत नोभेम्बरमा सम्पन्न दुईदिने पार्टीका क्रममा विद्यार्थीसँग बसेर फ्लेप्स्ले सो सर्को तानेका थिए । नोभेम्बर खेलाडीका लागि आरामको समय हो र त्यतिवेला लागूऔषधको परीक्षण गरिने सम्भावना हुन् । सोही 'पार्टी'मा पुगेका एक प्रत्यक्षदर्शीले भने, 'ऊ पार्टीमा आउँदा नियन्त्रणबाहिर गइसकेको थियो, उसले ताल देख्दा अब फेरि स्वर्णपदक जित्न सक्ला र भन्ने लाग्यो मलाई ।' २३ वर्षीय फ्लेप्स्ले 'बेइजिङ विजय' लगतै ६ नोभेम्बरमा साउथ क्यारोलिनाको विश्वविद्यालयमा पुगेर गाँजाको सर्को तानेका हुन् । उनी सो विश्वविद्यालयमा पढ्ने जोर्डन म्याथु नामकी केटी भेट्न गुपचुप रूपमा त्यहाँ पुगेका थिए । केटीको झुन्डको बीचमा बसेर उनी त्यहाँ पुगेको स्रोतले दाबी गरेको छ । त्यसपछि पनि अन्य पार्टीमा उनले 'बोङ' (गाँजा तान्ने शैली) तानेको पनि सो समाचार पत्रमा स्रोतलाई उल्लेख गर्दै बताइएको छ । तस्बिर सार्वजनिक भएको भोलिपल्ट सोमबार फ्लेप्स्ले तस्बिर आपनै भएको बताएका छन् । 'म मेरा प्रशंसकसँग माफी माग्दछु र कहिल्यै गाँजा नतान्ने प्रण गर्दछु,' फ्लेप्स्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले आफू किशोरै रहेको र किशोरावस्थाको लहडबाजीमा त्यस्तो गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

No comments: