News

Feb 4, 2009

चीनका प्रधानमन्त्री वेन जियाबाओमाथि जुत्ता प्राहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसलाई इराकी पत्रकारले जुत्ताको झट्टी हिर्काएको घटना सेलाउन नपाउँदै चीनका प्रधानमन्त्री वेन जियाबाओमाथि जुत्ता फ्याँक्ने घटना भएको छ । बि्रटेनको क्याम्बि्रज विश्वविद्यालयमा वेन जियाबाओमाथि जुत्ता फ्याँक्ने घटना भएको हो । जियाबाओ भाषण दिँदै गर्दा एक युवाले उनलाई तानाशाहको आरोप लगाउँदै जुत्ता फ्याँकेका थिए । तर, जुत्ता जियाबाओभन्दा एक मिटर टाढा नै झर्‍यो । सुरक्षाकर्मीले जुत्ता प्रहारकर्तालाई पक्राउ गरेर कार्यक्रम स्थलबाहिर लगेका छन् । विन जियाबाओले यस घटनापछि पनि भाषणलाई निरन्तर राखे । यस्तो घृणित कार्यले चीन र बि्रटेनको सम्बन्धमा असर नपर्ने पनि उनले बताए । जियाबाओको बि्रटेन यात्राका क्रममा मानवअधिकार कार्यकर्ता तथा तिब्बत समर्थकले विरोध प्रदर्शन गरे । आइतबार लन्डनमा वेन जियाबाओसमक्ष जान खोज्ने पाँच व्यक्तिलाई पक्राउ गरिएको थियो । सोमबार क्याम्बि्रज विश्वविद्यालय विश्वव्यापी अर्थव्यवस्था विषयमा भाषण दिइरहेका बेला पछाडिबाट उनलाई जुत्ता प्रहार गरिएको थियो । जुत्ता प्रहार गरिएको केही क्षण जियाबाओले भाषण रोके । तर, पुनः सुरु गरे भाषण । प्रहरीले जुत्ता प्रहार गर्ने युवाविरुद्ध सार्वजनिक व्यवस्था भंग गरेको मुद्दा दायर गरेको छ ।

No comments: