लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी र साना दलहरूको दसदलीय मोर्चा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सक्रिय भएको छ । उनीहरूले राष्ट्रपतिले दिएको समयसीमाभित्र राष्ट्रिय सरकार निर्माणका लागि संयुक्त प्रयास थाल्ने निर्णयसमेत लिएका छन् ।
सिंहदरबारस्थित माओवादी संविधानसभा दलको कार्यत्रलयमा बसेको १० दलको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र राष्ट्रिय सरकार निर्माणका लागि संयुक्त प्रयास थाल्ने निर्णय गरेको हो । राष्ट्रपतिले २३ असारसम्म नयाँ सरकार निर्माणका लागि सहमति गरेर आउन दलहरूलाई समय दिएका थिए । सूत्रका अनुसार २३ असारसम्म राष्ट्रिय सहमतिको वातावरण नबने बहुमतीय सरकारका लागि गृहकार्य गर्ने मोर्चाको तयारी छ ।
'यो हाम्रो मोर्चाको बैठक हो, सबैले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन र संविधानलेखनका लागि राष्ट्रिय सरकार चाहिन्छ भन्नेमा हामी सहमतिमा पुगेका छौँ,' बैठकपछि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले सञ्चारकर्मीसँग भने, 'राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि २३ गतेसम्म संयुक्त प्रयास गर्ने भनेका छौँ ।'
प्रधानमन्त्रीको राजीनामापछि माओवादीको पहलमा मोर्चाको पहिलो बैठक बसेको हो । बैठकमा सहभागी साना दलका नेताहरूले २५ दलकै सहभागितामा सरकार निर्माणका लागि प्रयास गर्ने सहमति भएको बताएका छन् । '२५ दलको नेतृत्वमा सरकार निर्माण गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ, यसैका आधारमा अगाडि बढौँ भन्ने सहमति भएको छ,' जनता दलका अध्यक्ष हरिचरण शाहले भने ।

No comments:
Post a Comment