लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १९ - कांग्रेसले जेठ १४ गते भएको सहमति पालना नभएसम्म माओवादी नेतृत्व स्वीकार गर्न नसक्ने जनाएको छ । कांग्रेसले सहमतिको दोश्रो र तेश्रो नम्बरको बुँदा कार्यान्वयन भएकाले माओवादीले पहिलो बुँदा कार्यान्वयन गर्नुपर्ने बताएको छ । शनिबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सेना समायोजनको विषयमा घनीभूतरुपमा छलफल भएको बताए । बैठकमा सेना समायोजनको मुद्दालाई प्रमुखताका साथ उठाइएको उनले उल्लेख गरे । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि सेना समायोजनको विषयलाई बैठकको प्रमुख एजेण्डा बनाएको बताए । त्यस विषयमा माओवादी पनि सहमत भएको उनको भनाइ थियो । साथै कांग्रेसले जेठ १४ गते भएको सहमति पालना नभएसम्म माओवादी नेतृत्व स्वीकार गर्न नसक्ने जनाएको छ । कांग्रेसले सहमतिको दोश्रो र तेश्रो नम्बरको बुँदा कार्यान्वयन भएकाले माओवादीले पहिलो बुँदा कार्यान्वयन गर्नुपर्ने बताएको छ ।
No comments:
Post a Comment