News

Jul 4, 2010

किर्गिजस्तानमा गणतन्त्रकी प्रथम महिला राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिस्केक/ किर्गिजस्तान गणतन्त्रका अन्तरिम नेता रोसा ओतुन्बायभाले अशान्तिग्रस्त मुलुकको राष्ट्रपतिको शपथग्रहण गरेकी छिन् । उनले गत अप्रीलमा भएको रक्तरञ्जित दंगाका वेला राष्ट्रपति कुर्मान्बेक बाकिएभलाई सत्ताच्युत गरिएपछि सत्ता लिएकी थिइन् । ओतुन्बायभा पहिलेको मध्य एसियाली साम्यवादी मुलुक किर्गिजस्तान गणतन्त्रकी प्रथम राष्ट्रपति भएकी छिन् । उनी यसअघि विदेशमन्त्री थिइन् ।नयाँ विधानका लागि जनमत-संग्रह भएपछि मध्य एसियाकै पहिलो संसदीय प्रजातन्त्र आउनेछ । ओतुन्बायभाले राजधानीस्थित सोभियतकालको कन्सर्टहलमा शपथ लिएकी थिइन् ।किर्गिजस्तानको केन्द्रीय निर्वाचन आयोगले आइतबारको जनमत-संग्रहमा संविधानका पक्षमा ९० प्रतिशत मत खसेको बताएको छ ।

No comments: