News

Jul 3, 2010

ब्रिटेनकी एक किशोरीले माहुरीको दाह्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सानो छँदा कसैले मकैको दाह्री-जुँगा बनाएर खेले होलान् । कसैले डटपेनले कोरेर अनुहारमा दाह्री-जुँगा बनाए होलान् । तर, ब्रिटेनकी एक किशोरीले माहुरीको दाह्री बनाएकी छिन् । १६ वर्षीया नेली ओडाम-विल्सनले आफ्नो चिउँडोमा माहुरीको दाह्री बनाएकी हुन् । उनले सुरुमा रानी-माहुरीलाई चिउँडोमा राखिन् । त्यसपछि बिस्तारै अरू माहुरी आएर उनको चिउँडोमा बसे । नेली डेभनस्थित हनी फार्ममा माहुरीको दाह्री बनाएकी हुन् । माहुरीको दाह्री बनाउँदा पनि उनलाई एउटै माहुरीले टोकेन । उनले सात मिनेटसम्म माहुरीलाई आफ्नो शरीरमा राखेकी थिइन् । 'आफ्नै शरीरमा माहुरी राख्न सुरुमा एकदमै डर लाग्यो । तर, यो राम्रो कारणका लागि गर्न लागिएकाले निडर भएँ,' उनी भन्छिन् । माहुरी बसुन्जेल उनी नचली उभिइरहिन् । अलिकति पनि हलचल गर्दा माहुरीले टोक्ने सम्भावना बढी हुन्थ्यो । अफ्रीका जानका लागि पैसा उठाउन उनले यो जोखिम उठाएकी हुन् । स्वयंसेवा गर्न उनी युगान्डा जान चाहन्छिन् । यस काम गरेबापत नेलीले तीन सय ९० पाउन्ड संकलन गर्न सफल भइन् । उनी युगान्डाको अनाथ आश्रममा स्वयंसेवा गर्ने बताउँछिन् । 'हुन त मेरो चिउँडोमा माहुरी केवल सात मिनेटमात्र बसे । तर, मलाई यो समय धेरै लाग्यो । माहुरी मेरो अनुहारमा घसिँदा मलाई चिलाइरहेको थियो । माहुरीले कतिखेर चिल्छ भनेर म सधैँ डराइरहेकी थिएँ । तर, फार्ममै काम गर्ने भएकाले सुरक्षित हालतमै छु भनेर म ढुक्क थिएँ,' उनी भन्छिन् ।

No comments: