लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २३ - सहमतीय सरकार निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलका नेताहरुले पाँच दिनको लागि समय थप्न राष्ट्रपतिसँग आग्रह गर्ने निर्णय गरेका छन् । बुधबार अपरान्ह संविधानसभा भवन नयाँबानेश्वर बसेको दलहरुको बैठकले उक्त निर्णय गरेको हो । दलका नेताहरु आज पाँच बजे समय सीमा थपका लागि राष्ट्रपति भवन शितल निवास जाने भएका छन् । यस अघि आज विहान बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले २५ दलसँग समय सीमा थपका लागि छलफल गर्ने बताएका थिए ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार निर्माणका लागि दलहरु गम्भीर गृहकार्यकामा लागि परेका केही दिन थप चाहिएको बताए । राष्ट्रपति रामवरण यादवले सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न समयसीमा सहित दलहरुलाई एकसाता अघि आह्वान गरेका थिए । उनले सहमतिका लागि दलहरुलाई बुधबारसम्मको समयसीमा दिएका थिए ।
राष्ट्रपतिले अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९१० बमोजिम यही असार २३ गतेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेका थिए । प्रमुख तीनको बुधबार बिहान बसेको बैठकले सहमतीय सरकारको गृहकार्यका लागि थप पाँच दिनको समयसीमा प्रस्ताव गरेका थिए ।

No comments:
Post a Comment