News

Jul 6, 2010

कियाचु हङकङको ८ औं महाधिवेशन सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
४ जुलाई २०१० को दिन याउ मा तेई कम्युनिटी सेन्टरको सभाहलमा किरात याक्थुङ चुम्लुङ हङकङले आफ्नो ८ औं महाधिवेशन सम्पन गरेको छ ।खुल्ला सत्रको अध्यक्षता कियाचु हङकङको अध्यक्ष निर प्रसाद जबेगुले गर्नु भएको गियो भने प्रमुखअतिथि नेपाली मंहासघका महासचिव रिता गुरुङ, विषेश अतिथिमा जनजाति महासंघका अध्यक्ष एम बि थापा, अतिथीहरूमा नेवार समाजका अध्यक्ष मणीक लाल श्रेष्ठ, तमुटोह्यूलका प्रतिनिधी, किरात राई यायोक्खाका अध्यक्ष किसन राई, पान्थर मञ्च हङकङका कृष्णराज लाओती, तेह्रथुम मञ्चका त्रिभुवान लुम्फुवां, लिम्बुवान मुक्ती मोर्चाका प्रकाश याक्सो, संघीय लिम्बुवान राज्य परिषदका नवराज काम्बाङ, नेपाल लोकतान्त्रिक किरात लिम्बु संघका ओमराज सम्बाहाङफे र सल्लाहकार अबिचन्द्र इङनामलाई आशन गराइएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष हस्त लिवाङले गर्नु भएको थियो । रिता गुरुङ र एम बि थापाले शुभकामना मन्तव्य दिनु भएको थियो । चुम्लुङका अध्यक्षले वर्तमान कार्य समितीलाई भंग गरेर अध्यक्ष मण्डल र निर्वाचन मण्डल घोषनाको साथ पहिलो सत्र समाप्त भएको थियो । कार्यक्रम संस्थाका सचिव नन्द चङसुले सञ्चालन गर्नु भएको थियो ।
उपाध्यक्ष पद बाहेक अन्य पदको लागि निर्विरोध चयन भएको थियो । उक्तपदका उमेरदवारहरूमा हस्त लिवाङ र अमन सोदेम्बा बिच भएको भोटमा हस्त लिबाङको पछमा ६० मत र अमन सोदेम्बाको पक्षमा ५८ मत खसेको थियो । २ मतको फरकमा हस्त लिवाङ बिजय हुनु भयो । यसरी कृष्णराज लाओतीको अध्यक्षतामा ११ सदस्यी कार्यसमिती चयन भएको छ ।उपाध्यक्ष हस्त लिवाङ, सचिव नन्द चङसु, सहसचिव चन्द्र सिङघक, कोषाध्यक्ष एकराज मेन्याङबो, सहकोषाध्यक्ष देबेन्द्र खापुङ र सदस्यहरूमा पदम लाओती, सुरज फियाक, जेबि याक्थुङबा, सुरेन्द्र योङया र अनिल आङबोहाङ रहनु भएको छ ।

No comments: