News

Jul 7, 2010

अन्तर्जातीय विवाह गर्ने जोडीले प्रोत्साहन रकम बुझे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ (विराटनगर), असार २३ - अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप रु एकलाख दिने सरकारी नीतिअनुरूप अन्तर्जातीय विवाह गर्ने दुई जोडीले जिल्ला प्रशासन कार्यालय मोरङबाट सोवापतको रकम बुझेका छन्। यही असार १२ गते प्रशासनमा विवाह दर्ता गरेपछि जिल्लास्थित मानवअधिकारका लागि स्रोत विकास मञ्चको पहलमा उनीहरूले सो रकम बुझेका हुन्। मञ्चका अध्यक्ष उमेश विश्वकर्माका अनुसार रकम पाउनेमा विराटनगर-१८ का बद्री आलम र रञ्जना विश्वकर्मा तथा विराटनगर-११ का प्रकाश अधिकारी र पूजा दास खत्वे रहेका छन्।

No comments: