लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ असार,नेपाल राष्ट्र बैंकले अनुत्पादक र विलासी क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेपछि बैंकहरू उत्पादनशील जलविद्युत् क्षेत्रमा लगानी गर्न अग्रसर भएका छन् ।राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स, सिद्धार्थ, नबिल, सानिमालगायत बैंकले साना जलविद्युत् आयोजनामा लगानी गर्न अग्रसरता देखाएका हुन् ।बैंकहरूले सहवित्तीयकरणको माध्यमबाट जलविद्युत् आयोजनामा लगानी गरिरहेका छन् । तरलता अभावका कारण दीर्घकालीन कर्जा प्रवाह गर्नुपर्ने जलविद्युत् क्षेत्रमा लगानी गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरू पछिल्लो समय तरलतामा केही सुधार देखिएपछि लगानीका लागि सकारात्मक देखिएका हुन् ।
नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकको नेतृत्व तथा अरूको नेतृत्वमा उसको संलग्नता गरी विभिन्न १८ आयोजनामा ऋण सम्झौता हुने क्रममा छन् । कुल क्षमता १ सय २६ मेगावाट अयोजनाका लागि १७ अर्ब ५० करोड रुपैयाँ ऋणको प्रस्ताव बैंकमा परेको छ । तीमध्ये करिब १० वटा आयोजना वित्तीय व्यवस्थापनको अन्तिम चरणमा पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले बताए । 'विगतको तुलनामा निक्षेप संकलनमा केही सुधार भएकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न बैकहरुले सजिलो महसुस गर्न थालेको उनको भनाइ ।

No comments:
Post a Comment