लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २२- चैत मसान्तसम्म नयाँ संविधान निर्माण गरी जारी गर्न मुख्य तीन राजनीतिक दल सहमत भएका छन्। संविधानसभाको म्याद १ वर्ष थपिए पनि संविधान निर्माणको बाँकी काम ९ महिनाभित्रै सम्पन्न गर्न एकीकृत माओवादी, कांग्रेस र एमाले सहमत भएका हुन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित संविधानसभा भवन, नयाँ बानेश्वरमा बसेको एकीकृत माओवादी, कांग्रेस र एमालेको अनौपचारिक बैठकमा यस्तो सहमति भएको हो। संविधानसभाको आयु बढाएपछि नयाँ कार्यतालिका बनाएर काम अघि बढाउनेबारे छलफल हुँदा चैतभित्रै काम सक्ने गरी बनाउन सहमति भएको हो।
तीन दलको बैठकमा साउन १ गतेदेखि काम थाल्ने गरी उच्चस्तरीय राज्य पुनः संरचना आयोग गठन गर्ने सहमति पनि भएको छ तर आयोग कति सदस्यीय बनाउने भन्ने टुंगो लाग्न भने बाँकी छ। आयोगमा को-को राख्ने भन्ने सहमति हुन बाँकी रहेको बैठकमा सहभागी एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिए। उनका अनुसार, आयोगलाई २ महिनाको समय दिइने भएको छ।
आयोगलाई लामो समय दिंदा काम नबढ्ने हुनाले बरु समय नपुगेमा पछि थप गर्ने गरी आयोग गठन गर्न लागिएको हो। संविधानसभाका समितिहरूले तयार पारेका ११ वटा विषयगत प्रतिवेदनका आधारमा संविधानको एकीकृत मस्यौदा तयार पार्ने काम कात्तिक महिनाभित्र सक्ने पनि सहमति भएको छ।

No comments:
Post a Comment