News

Jul 8, 2010

विश्वबाट छनोट गरिएका मुलुकमा नेपाल पनि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २४ - यार्चागुम्बुको वैज्ञानिक अध्ययनका लागि विश्वबाट छनोट गरिएका मुलुकमा नेपाल पनि परेको छ । गत साता चीनको जिनिङमा सम्पन्न 'यार्चागुम्बुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन' ले यार्चागुम्बु अनुसन्धान/व्यवस्थापनका लागि नेपाललाई पनि उच्च प्राथमिकतामा राखेको हो । सम्मेलनमा भाग लिएर फर्केका वन विभागका उपसचिव रामानन्दन साहका अनुसार यार्चाको अध्ययनका लागि नेपाल, चीन, भारत र भुटानलाई उपयुक्त स्थान मान्दै सुचीमा पारिएको हो । चीनको कृषि मन्त्रालयको आयोजनामा भएको सम्मेलनमा यार्चागुम्बु पाइने १२ देशका अनुसन्धानकर्ता, वैज्ञानिक र सरकारी अधिकारी गरी झन्डै दुई सयको सहभागिता थियो ।

No comments: