News

Jun 9, 2008

कियाचु हङकङको सातौं अधिवेशनले अध्यक्षमा निरप्रसाद लिम्वूलाई चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
८ मई २००८ किरात याक्थुङ चुमलुङ हङकङको सातौं अधिवेशन जोर्डनस्थित गर्लस गाईडको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनको खुल्ला सत्रलाई निबर्तमान अध्यक्ष ज्ञानु माङयु (लिम्वू) ले अध्यक्षता गरेका थिए । प्रमुख अतिथिको रुपमा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्वू रहेका
थिए । त्यसैगरी बिशेष अतिथिको रुपमा आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ र अतिथिहरुमा क्रमश: किरात राई यायोक्खा हङकङका उपाध्यक्ष किसन राई, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्वाङ र मगर संघ हङकङका प्रतिनिधि गोपाल थापा मगर रहेका थिए । अतिथिहरुको आसनग्रहण पश्चात निबर्तमान सदस्य तुलचन्द्र पाङ्मा (लिम्वू) ले
उपस्थित सबैलाई संस्थाको तर्फबाट छोटो स्वागत मन्तव्य दिएका थिए । अधिवेशनको सफलताको लागी शुभकामना मन्तव्य दिने क्रममा क्रमश : मोहनमान नेम्वाङ, गोपाल थापा मगर, भुपेन्द्र चेम्जोङ, किशन राई र प्रमुख अतिथि हेम लिम्बू रहेका थिए । शुभकामना मन्तव्यको कार्यक्रम समाप्त भए
------------------------- हालै चयन भएका अध्यक्ष निरप्रसाद लिम्वू
पछि सभाका अध्यक्ष ज्ञानु माङयु (लिम्वू) ले आफ्नो मन्तव्य राख्दै आफुले संस्थालाई यो स्थितिमा ल्याईपुर्याउन निकै दु:ख गरेको कुरा व्यक्त गरे साथै अधिवेशनको दोस्रो सत्र संचालनको निम्ति अध्यक्ष मन्डलको अध्यक्षको रुपमा टंक चोङवाङ (लिम्वू)लाई अध्यक्ष घोषणा गर्दै सभाको औपचारिक बिसर्जन तथा निबर्तमान कार्यसमिति औपचारिक रुपमा बिघटन भएको घोषणा गरे ।
अधिवेशनको दोस्रो सत्रको अध्यक्षको हैसियतले अध्यक्ष टंक चोङवाङ (लिम्वू)ले अध्यक्ष मन्डलको सदस्यको रुपमा अभिचन्द्र ईङनाम (लिम्वू) र कृष्ण लावति
(लिम्वू) लाई नियुक्त गरिसकेपछि अधिवेशनको बन्द सत्र सुरु भएको थियो । बन्द सत्रको सुरुमा निबर्तमान सचिव ज्ञानु मेन्याङवो (लिम्वू) ले संस्थाको साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत भइसके पश्चात अध्यक्ष मन्डलले दावि बारोधको निम्ति उपलब्ध गराएको समयभित्र उठेका केही सवालहरुमाथि निकै तातो वहस भएको र आधिकारिकपक्षबाट जवाफ अथवा स्पष्टिकरण आइसकेपश्चात लगभग निर्बिघ्न रुपमा प्रतिवेदन हलबाट पास भएको थियो । संस्थाको आर्थक प्रतिवेदन निबर्तमान कोषाध्यक्ष हस्त मास्वाले प्रस्तुत गरेपछि त्यसउपर दावि बिरोधको निम्ति दिइएको समयमा थुप्रै सवालहरु उठेका थिए । उठेका कतिपय सवालहरु अनुत्तरित रहे पनि समयाभाव तथा अन्य कारणहरुलाई मध्यनजर राख्दै समझदारिको आधारमा आर्थिक प्रतिवेदन पास गरिएको थियो । त्यसपश्चात विधान संसोधन प्रस्ताव निबर्तमान सचिव ज्ञानु मेन्याङवो (लिम्वू) ले प्रस्तुत गरेका थिए । संसोधित केही बुंदामध्ये संस्थाको सचिव, उपाध्यक्ष र अध्यक्ष पदको निम्ति उम्मेद्वारि दिने व्यक्ति आजीवन सदस्य या पुर्वकार्यसमितिमा काम गरेको हुनुपर्ने भन्ने संसोधित बुंदाउपर हलको सख्त बिरोध भएपछि त्यो बुंदा संसोधित विधानबाट खारेज गरिकन बिधान संसोधन मस्यौदा पास गरिएको थियो । त्यसपछि अध्यक्ष मन्डलका अध्यक्ष टंक चोङवाङ (लिम्वू)ले निर्वाचन प्रक्रियामा जानको निम्ति निर्वाचन मन्डलको अध्यक्षको रुपमा उत्तरमान तिगेला (लिम्वू)को नाम घोषणा गर्दै सम्पुर्ण अध्यक्ष मन्डल बिदा भएको थियो । निर्वाचन मन्डलका अध्यक्ष उत्तरमान तिगेला (लिम्वू) ले निर्वाचन मन्डलको सदस्यको रुपमा ओमराज सम्वाहाफे र अभिचन्द्र ईङनामको नाम घोषणा गरेपछि निर्वाचन प्रक्रिया अगाडि वढेको थियो । उम्मेद्वारि दर्ताको निम्ति उपलब्ध गराईएको समय पन्ध्रमिनेटमा तिन समुहले आ-आफ्नो उम्मेद्वार नामावली बुझाएका थिए भने स्वतन्त्ररुपमा बिर बहादुर लिम्वूले उपाध्यक्ष पदको निम्ति उम्मेद्वारी दर्ता गराएका थिए । उम्मेद्वार नामावली दर्ता गर्ने तिन समुहमा क्रमश : संस्थापन पक्ष, दिल पालुङवा पक्ष र निरप्रसाद पक्ष रहेका थिए । भरसक चुनावमा नजाने उदेश्यसहित निर्वाचन मन्डलले मेलमिलापको निम्ति पहल गर्न एक पाँच सदस्सिय टोली तोकेको थियो । टोलिमा भुपेन्द्र चेम्जोङ, दिल कुमार फोम्वो, टंक चोङवाङ, इन्द्र वनेम र हेम लिम्वू रहेका थिए । लामो वहस र छलफल पछि संस्थापनपक्ष र दिल पालुङवा पक्षले प्रमुख पदहरूबाट आफ्नो नाम हटाउन राजी भएपछि निरप्रसाद लिम्वू पक्षको नेत्रित्वमा क्षेत्रको आधारमा पदको समानुपातिक र समावेसि बाँडफाँड गरिएको थियो । मेलमिलापको नितिलाई अँगालेर तयार पारिएको कार्यसमितिमा क्रमश : अध्यक्ष निरप्रसाद लिम्वू, उपाध्यक्ष कल्पना आङभाङ (लिम्वू), सचिवमा नन्द चङ्सु (लिम्वू), सह-सचिवमा टिका माक्खिम (लिम्वू), कोषाध्यक्षमा हरि पङ्धाक (लिम्वू) र सह-कोषाध्यक्षमा मञ्जु चोङवाङ (लिम्वू) रहेका छन् त्यसैगरी सदस्यहरुमा विनिता देवी लिम्वू, जय कुमार लिम्वू, गजुरमान लिम्वू, लक्षुराम लिम्वू र हस्त लिवाङ (लिम्वू) रहेका छन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारिहरुलाई निवर्तमान अध्यक्ष ज्ञानु माङयु (लिम्वू) र सल्लाकार समितिका सदस्य टंक चोङवाङ लिम्वूले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए । अधिवेशन राती दसबजे सम्पन्न भएको थियो ।

No comments: