News

Jun 8, 2008

नुमाफङ मलेसियामा चाडै प्रदर्शन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,मलेसिया
लिम्बू जातिको सुनौलीरुपौलीलाई आधार बनाएर तयार पारिएको चलचित्र नुमाफङ अब मलेसियामा चाडै प्रदर्शन हुन लागेको छ । विभिन्न अवसरमा पुरस्कृत चलचित्र नुमाफुङ एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनिएको छ । काजिमान कन्दङ्वाको कथा घरबार कि कारोबारबाट फिल्माङ्कन गरिएको उक्त चलचित्रका निर्देशक नविन सुब्बा हुन् । छविलाल हाङश्रोङद्धारा निर्माण भएको नुमाफुङमा अनुपमा सावदेन, निङ्वाहाङमा सावदेन, आलोक नेम्बाङ, प्रेम सुब्बा, रमेश सिङ्गक, राज थापा, राममाया तुम्रोकले अभिनय गरेका छन । मलेसियाको लागि किरात याक्थुङ चुम्लुङ र पाँचथरे सर्म्पर्क समाजले प्ररदर्शनको लागि जिम्मा लिएको छ भने प्रदर्शन संयोजक कृष्ण आङ्देम्बेले सम्पूर्ण कागजातहरु तयार पारिसक्नुभएको छ । चलचित्र मलेसियाभर प्रदर्शन गरिनेछ ।

No comments: